images

Oct 06 2024 | २०८१, असोज २० गते

मध्यवर्ती सामुदायिक वनमा बाह्रैमहिना पर्यटकीय गतिविधि

मध्यवर्ती सामुदायिक वनमा बाह्रैमहिना पर्यटकीय गतिविधि

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
  • मध्यवर्ती सामुदायिक वनमा बाह्रैमहिना पर्यटकीय गतिविधि

    चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द भएपनि पर्यटकीय गतिविधि बन्द भएको छैन । बर्षातका बेला निकुञ्जका केही पर्यटकीय गतिविधि बन्द गरिए पनि जीप सफारी बाहेकका सबै गतिविधि सञ्चालनमै छन् ।

    images
    images
    images

    क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले सौराहा आउने पर्यटकका लागि कुनै पर्यटकीय गतिविधि रोकिएको छैन । निकुञ्जभित्र जङ्गल‘वाक’, डुङ्गा सयर भइरहेका छन् ।
     
    उनका अनुसार सौराहाको कुमरोज, बाघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वनमा आउने पर्यटकका लागि पर्यटकीय गतिविधि भइरहेका छन् । कुमरोजमा जीप सफारी सञ्चालनमा छ । बाघमारा र चित्रसेनमा हात्ती सफारी भइरहेका छन् । डुङ्गा सफारी जनकौली, बाघमारा र चित्रसेनमा भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको भित्री भागमा हुने जङ्गल सफारी बाहेक अन्य कुनै गतिविधि रोकिएका छैनन् । निकुञ्जको कोर क्षेत्र बाहिरका मध्यवर्ती सामुदायिक वनमा सधैँ हात्ती, जीप, डुङ्गा सफारी हुने उनले जानकारी दिए । 

    उनले भने “निकुञ्ज भित्रको जीप सफारी मात्रै रोकिँदा पर्यटकीय गतिविधिमा ठूलो असर पर्दैन ।” पूर्वी चितवन, पश्चिम चितवन, माडी, नवलपरासीलगायतका निकुञ्जका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि नरोकिने उनले बताए। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार निकुञ्जभित्रसमेत् वर्षात्को समयमा जीप सफारी बाहेक जङ्गल ‘वाक’, डुङ्गा सयरलगायतका गतिविधि हुने गर्दछन् । 

    यतिबेला पर्यटक कम हुने हुँदा दैनिक १० वटा हात्ती सफारी हुने गरेको उनले बताए । उनीहरुको सहकारीमा ३० वटा हात्ती छन् । खतिवडाले भने “वर्षात्को समय भए पनि पर्यटकीय गतिविधि नरोकिने भएकाले स्वदेश र विदेशका पर्यटकलाई यो सन्देश पु-याउन जरुरी छ ।” बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतवहादुर तामाङ्का अनुसार बाघमारामा यो वर्ष एक लाख ५० हजारभन्दा बढी पर्यटकले वनक्षेत्र घुमेका छन् । हात्ती र डुङ्गा सफारीसँगै मचानमा रात बिताउनेको सङ्ख्या धेरै छ ।
     
    चितवन राष्ट्रिय निकुञ्ज जङ्गल सफारीका लागि प्रख्यात छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा  पाइने दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघलगायतका वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा निकुञ्जमा जस्तै दुर्लभ वन्यजन्तु हेर्न पाइन्छ । पर्यटकले वनभित्र प्रवेश गर्दा निकुञ्ज हो या मध्यवर्ती हो भन्ने ठम्याउन मुस्किल पर्छ  । एकै खालको वन र वन्यजन्तु हुने भएकाले सामुदायिक वनमा हुने पर्यटकीय गतिविधिले पर्यटकलाई भरपुर मनोरञ्जन दिने क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष दीपक भट्टराई बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार