Sep 08 2024 | २०८१, भदौ २३ गते

कांग्रेसले भन्यो - एमालेसँग सहकार्य आवश्यक छ

कांग्रेसले भन्यो - एमालेसँग सहकार्य आवश्यक छ

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
  • कांग्रेसले भन्यो - एमालेसँग सहकार्य आवश्यक छ

    काठमाडौं । नेपाली कांग्रेसले चारैतिर निराशा फैलिरहेको बेलामा संसदका ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको जनाएको छ। प्रतिनिधिसभाको विशेष समयमा कांग्रेसको तर्फबाट बोल्दै सांसद दीपक गिरीले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि दुई ठूला दलबीच संवाद र सहकार्य आवश्यक भएको बताए।

    images
    images

    उनले भने, ‘निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका महत्त्वपूर्ण संविधान संशोधन गर्न छलफल आवश्यक छ। संविधान संशोधन गर्नको लागि अन्य दलसँग पनि छलफल गरिनुपर्छ। यी दुई ठूला दलको संवादबाट कोही आत्तिनुपर्ने अवस्था छैन। सकारात्मक रूपमा लिनुपर्छ।’ शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट