Sep 08 2024 | २०८१, भदौ २३ गते

देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण फेरिँदैन : सांसद सापकोटा 

देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण फेरिँदैन : सांसद सापकोटा 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
  • देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण फेरिँदैन : सांसद सापकोटा 

    काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन्।

    images
    images

    सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरुको भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताएका हुन् ।

    उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुका बिचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए । उनले नेताहरु भेट हुनासाथ सत्ता समिकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए।

    ‘‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिङ्गै राजनीति तरङ्गित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बिचमा संवाद हुँदा वित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठुला–ठला ब्यानर न्यूजहरु हामीले पढ्न पाउछौँ ।,’’ सांसद सापकोटाले भने, ‘‘मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरु बस्ने वित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने । सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन । तरपनि राजनीतिक दलका नेताहरुका बिचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो ।’’

    सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु टुङ्ग्याउनुपर्नेमा सबै राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट