images

Jul 03 2024 | २०८१, असार १९ गते

प्रचण्डलाई ओलीको आग्रह – मार्गप्रशस्त गर्नुस्, नयाँ ढंगले जानुपर्ने भयो

प्रचण्डलाई ओलीको आग्रह – मार्गप्रशस्त गर्नुस्, नयाँ ढंगले जानुपर्ने भयो

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
  • प्रचण्डलाई ओलीको आग्रह – मार्गप्रशस्त गर्नुस्, नयाँ ढंगले जानुपर्ने भयो

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारबाट मार्गप्रशस्त गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गरेका छन्।  सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष ओलीले प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्। 

    images
    images

    स्रोतले बताए अनुसार, भेटमा ओलीले राजनीतिक स्थायित्व र सरकारको प्रभावकारिताका लागि नयाँ ढंगले जानुपर्ने बताएका थिए।  ‘जनतामा व्याप्त निराशा चिर्न अहिलेकै परिस्थितिमा सम्भव नभएकाले नयाँ ढंगले जानुपर्ने बेला आएको छ,’ ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो। 

    बालुवाटारमा ओलीले प्रधानमन्त्री प्रचण्डसँग तीन घन्टा बढी छलफल गरेका थिए। यो भेटलाई प्रधानमन्त्रीको सचिवालयले भने नियमित भेटघाट र सत्ता समीकरणमा कुनै फेरबदल नहुने रुपमा अर्थ्याएको छ।  बालुवाटार बैठकबाट निस्कनेबित्तिकै ओलीले आफ्ना मन्त्रीहरूलाई तत्काल उपत्यका नछाड्न समेत निर्देशन दिएका छन्। 

    स्रोतले दाबी गरे अनुसार, अहिले साँझ ६ बजे मन्त्रीहरू बालकोट पुग्दैछन्। जहाँ ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ। 

    यसअघि गत शनिबार ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालकोटमा तीन घण्टा वार्ता गरेका थिए। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट