Sep 08 2024 | २०८१, भदौ २३ गते

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने मध्यरातमा सहमति, ओली प्रधानमन्त्री बन्ने

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने मध्यरातमा सहमति, ओली प्रधानमन्त्री बन्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
  • कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने मध्यरातमा सहमति, ओली प्रधानमन्त्री बन्ने

    काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।

    images
    images

    काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार  बनाउने सहमति भएको हो ।

    नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरूले मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल  गरेका थिए । राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुबै दलका नेताहरुबीच नयाँ सरकारको लागि सहमत भएको स्रोतले बतायो ।

    मध्यरातमा एक होटलमा दुई दलका नेताहरूले एक आपसमा बसेर र सामूहिक रूपमा सहमतिलाई अन्तिम रूप दिएको थियो ।

    सहमति अनुसार सङ्घीय सरकारमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने भएका छन्। त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति भएको स्रोतको दाबी छ।

    एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित को मन्त्रालय पाउने भएको छ। संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

    सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट