Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे ओली 

प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे ओली 

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
  • प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे ओली 

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । 

    images
    images

    नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति भएपछि प्रचण्डले ओलीलाई भेट्न बोलाएका हुन् । 

    आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहानैबाट चहलपहल सुरु भएको छ । 

    सभापति देउवा निवासमा बिहानैबाट कांग्रेसका नेता कार्यकर्ताको ओहोरदोहोर चलेको छ । 

    यसैबिच नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सहमति भएको बताएका छन् ।

    महासचिव पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस एमाले सहमति र त्यसबारे प्रतिक्रिया दिएका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट