images

Jul 05 2024 | २०८१, असार २१ गते

दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ आजबाट शुरु

दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ आजबाट शुरु

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
  • दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ आजबाट शुरु

    काठमाडौँ । बागमती प्रदेशकी युवा तथा खेलकुद विकास मन्त्री रमा आलेले खेलकुद विकास परिषद बागमती प्रदेशद्वारा आयोजित दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१को उद्घाटन  गरेकी छन् । उक्त प्रतियोगिताको उद्घाटन  सत्रमाबोल्दै मन्त्री आलेले खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्दै आफनो कार्यकाल अवधिमा पारा खेलकुदलाई अझ प्रोत्साहन मिल्ने गरि रणनीति तयार गर्दै आफू अघि बढिरहेको उल्लेख गरिन् । 

    images
    images

    त्यसैगरि, राष्ट्रिय पारालिम्पिककी अध्यक्ष राधा घलेले नेपालले इतिहासमै पहिलो पटक पारा ओलम्पिक खेलमा स्वर्ण पदक जितेको स्मरण गराउनु हुँदै हालै चीनमा सम्पन्न एशियाड खेलकुदमा पारा ओलम्पियन पलेशा गोबर्धनले अहिलेसम्मकै इतिहासमा कास्य पदकसहित उच्च पदक जित्दै देशलाई ठूलो सफलता दिलाएको उल्लेख गरिन् । 

    सो अवसरमा राष्ट्रिय पारालिम्पिकका महासचिव पशुपति पराजुलीले  प्रदेश स्तरमा पारा खेल कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु सुखद पक्ष रहेको बताए । 

    त्यसैगरि काठमाडौँ जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगरले फरक क्षमता भएका व्यक्तीहरुलाई घरबाट नै बहिष्कार शुरु हुने गरेको उल्लेख गर्दै राष्ट्रले पनि विगतमा पारा खेलकुदलाई बजेट नछुटयाउने गरेको गुनासो गरिन्। 

    सो अवसरमा काठमाण्डौ जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगर र पारा ओलम्पियन बिक्रम बहादुर रानालाई सम्मान गरिएको थियो । रानालाई १६ हजार नगद राशीसहित सम्मान गरिएको हो । उनीहरुलाई सम्मान पत्र प्रदान गर्नुपूर्व खेलकुद विकास परिषद, बागमती प्रदेशका बोर्ड सदस्य प्रल्हाद दाहालले त्यहाँ उल्लेख भएको व्यहोरा वाचन गरेका थिए । 

    दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ असार १८ र १९ गरि दुई दिनसम्म चल्ने र ओमनाथ शिवाकोटीको संयोजकत्व कार्यक्रम भएको पनि दाहालले जानकारी दिए । कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे लगायतको सहभागीता रहेको थियो ।

    उद्घाटन सत्र लगत्तै आयोजित प्रतियोगिता अन्तर्गत पहिलो चरणमा भएका केहि खेलका विजेता खेलाडीहरुलाई पदक समेत वितरण गरिएको छ । लगनखेलमा जारी उक्त प्रतियोगिता अन्तर्गतका अन्य खेलहरु जारी रहेका छन । प्रतियोगितामा १४ विधाका विभिन्न खेलका खेलाडीहरु सहभागी छन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट