Sep 08 2024 | २०८१, भदौ २३ गते

कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला

कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला

    वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् ।

    images
    images

    कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत ब्यक्त गरे । उनले कांग्रेस सधैँ सहमति,सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताए ।

    मुलुकको राजनीति सधैं अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद् रहेको कोइरालाको भनाई थियो ।

    उनले नेता कार्यकर्ताहरूले अब विगतमा भएका तिक्ततालाई छोडेर एकजुट भएर बढ्नुको विकल्प नरहेको बताए । उनले अब गठन हुने सरकार दुई तिहाइ बहुमतको बन्ने दाबी गरे । अबको सरकारले अस्थिर राजनीतिको अन्त्यको लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिने उनको विश्वास थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट