images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सभापति लामिछानेले लिखित प्रस्ताव पेस गर्न दिएनन् : महामन्त्री ढकाल

सभापति लामिछानेले लिखित प्रस्ताव पेस गर्न दिएनन् : महामन्त्री ढकाल

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • सभापति लामिछानेले लिखित प्रस्ताव पेस गर्न दिएनन् : महामन्त्री ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेस गर्न नदिएको बताएका छन्।

    images
    images
    images

    जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेस गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन्।

    उनले भनेका छन्-‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन। प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ।’

    बैठकलाई प्रत्यक्ष प्रसारणको माग राखेका ढकालको सो माग पुरा नभएपछि उनले मुखमा कालो टेप लगाएर सहभागिता जनाइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार