images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

गृहमन्त्रीलाई विश्वप्रकाशले भने : सरकार कायमै छ, भ्रष्टाचारका फाइल खोले हुन्छ 

गृहमन्त्रीलाई विश्वप्रकाशले भने : सरकार कायमै छ, भ्रष्टाचारका फाइल खोले हुन्छ 

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • गृहमन्त्रीलाई विश्वप्रकाशले भने : सरकार कायमै छ, भ्रष्टाचारका फाइल खोले हुन्छ 

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बन्ने कांग्रेस एमालेको सरकारले भ्रष्टाचारका फाइल खोज्न कुनै पूर्वाग्रह नराख्ने बताएका छन्। बुधबार कांग्रेस बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले भ्रष्टाचार नियन्त्रणमा नयाँ बन्ने सरकारले कुनै पूर्वाग्रह नराख्ने र प्रक्रियामा भएका फाइल खोल्ने बताएका हुन्।

    images
    images
    images

    भ्रष्टाचारको फाइल खोलेकै कारण सरकार परिवर्तन भएको गृहमन्त्रीको टिप्पणीको जवाफ दिँदै उनले अहिले पनि वर्तमान सरकार कायमै रहेकाले अन्य भ्रष्टाचारका फाइल खोल्न सुझाव दिए । शर्माले एमालेसँग भएको सात बुँदे सहमतिले मुलुकलाई स्थीरता र समृद्धिको बाटोतर्फ अघि बढाउने दावी गरे ।

    ४७ सालको संविधान व्युताउने तयारीको चर्चा गलत भएको भन्दै उनले अग्रगामी परिवर्तनकै लागि संविधान संशोधन हुने बताए। उनले संविधान संशोधनका लागि दुईतिहाई चाहिने भएकाले सबै दलहरूसँग छलफल र सहकार्य गर्ने जिकिर गरे। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार