images

Jul 06 2024 | २०८१, असार २२ गते

शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको माओवादीको दाबी 

शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको माओवादीको दाबी 

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको माओवादीको दाबी 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको बताएको छ।

    images
    images

    नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पछिल्लो राजनीतिक घटनाबारे संवाद डबली कार्यक्रममा आयोजित साक्षातकारमा यस्तो बताएका हुन्। उनले कांग्रेस र एमालेको मिलनले देश पश्चगमन र प्रतिगमनको दिशामा गइरहेको आरोपसमेत लगाएका छन्। 

    एमालेले माओवादीसँगको सहकार्य तोड्नुको कुनै आधार नभएको दाबी गरे। उनले भने, ‘अहिले संविधान संशोधनको चर्चा गरिएको छ। यो उपलब्धिलाई उल्ट्याएर ०४७ सालको संविधानको दिशामा लान खोजिएको आशंका उत्पन्न भएको छ। त्यसैले यो पश्चगमनको दिशामा रहेको प्रष्ट हुन्छ।’  उनले माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास गर्दा पनि सहमति नजनाएका दलहरूले अहिले यो विषयलाई उठाएकोप्रति असन्तुष्टि जनाए।

    उनले भने, ‘हामीले भन्दा कुनै दल तयार भएनन्, अहिले दुई दलले मध्यरातमा सहमति गरेर राष्ट्रिय सहमतिको भनेर हल्ला गरिएको छ। यथार्थतामा होइन। दुई दलबीच कुरा मिलेको छैन। एउटा दल राष्ट्रिय सहमति भन्दा अर्को दल एउटै राष्ट्रिय सहमतिको होइन भन्छ।’ वामपन्थीहरूको सहकार्य छाडेर एमाले दक्षिणपन्थी दिशामा अगाडि बढेको आरोप लगाए। टिआरसी विधेयकलाई रोक्ने र नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको देखिएको जिकिर गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार