images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

कैलालीमा बाढीको बितण्डा, भजनीका अधिकांश वडा डुबानमा एक जनाको मृत्यु 

कैलालीमा बाढीको बितण्डा, भजनीका अधिकांश वडा डुबानमा एक जनाको मृत्यु 

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • कैलालीमा बाढीको बितण्डा, भजनीका अधिकांश वडा डुबानमा एक जनाको मृत्यु 

    काठमाडौँ ।  कैलालीको कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका जलमग्न भएको छ ।

    images
    images
    images

    बाढीले घर डुबाएपछि स्थानीयको बिजोग भएको छ । भजनीका अधिकांश वडा बाढीले जलमग्न भएका छन् ।

    बस्तीमा बाढी पसेपछि तीन हजार भन्दा बढी घर डुबानमा परेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए । घर डुबानमा परेका सर्वसाधारण आफन्तको घर र सुरक्षित स्थानमा आश्रय लिन थालेका छन् । डुबान क्षेत्रका केही परिवार भने ओभानो ठाँउ खोज्दै वनमा समेत पुगेका छन् ।

    बाढीले हजारौँ मानिस प्रभावित भएकाले सबैलाई आश्रय दिन समस्या भएको नगरपालिकाले जनाएको छ । भजनीमा वर्षेनी बाढीले दुख दिने गरेको छ ।

    मोहना, पथरैया, कन्द्रा र काढा नदीले भजनी नगरपालिकालाई हरेक वर्षा याममा डुबाउने गरेको हो ।

    बढीले जोशीपुर गाउँपालिका ३ भितरियामा दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् ।

    बाढीको सतह बढ्दै गएपछि मानिसहरु सडकमा निस्केका छन् । यसैबीच, कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

    २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा चौधरीलाई बाढीले बगाएको थियोे ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार