Sep 08 2024 | २०८१, भदौ २३ गते

राजीनामा नदिई फर्किए रास्वपाका चार मन्त्री

राजीनामा नदिई फर्किए रास्वपाका चार मन्त्री

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • राजीनामा नदिई फर्किए रास्वपाका चार मन्त्री

    काठमाडौं । राजीनामा दिन भनेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन्। 

    images
    images

    राजीनामा दिन भनेर बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका चार मन्त्रीहरू प्रधानमन्त्री दाहालसँगको छलफलपछि राजीनामा नदिइ फर्किएका हुन्।

    छलफलका क्रममा प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै त्यसका लागि सहयोग गर्न भनेका थिए। प्रचण्डको सोही आग्रहमा उनीहरूले राजीनामा नदिइ फर्किएको रास्वपाका एक नेताले जानकारी दिए।

    हालको सरकारमा रास्वपाका सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन्।

    रास्वपाले एमाले-कांग्रेसको सरकारमा नजाने र प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको थियो।

    एमालेले सोमबार राति नेकपा माओवादी केन्द्रसँग गठबन्धन तोडी नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेको थियो।

    नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले हिजै राजीनामा दिएका छन्। साथै, एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट