Sep 08 2024 | २०८१, भदौ २३ गते

एकीकृत समाजवादीद्धारा मतदाता नामावली प्रकाशित

एकीकृत समाजवादीद्धारा मतदाता नामावली प्रकाशित

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • एकीकृत समाजवादीद्धारा मतदाता नामावली प्रकाशित

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन अन्तर्गत मतदाता नामावली प्रकाशित गरिएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएपछि आज मतदाता नामावली प्रकाशित गरिएको हो ।

    images
    images

    पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका निम्ति मनोनयन दर्ता, उमेदवारहरूको सूची असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ । योग्यता नपुगेका उमेदवारविरुद्ध उजुरी दिने, छानबिन गर्ने, उमेदवारको नामावली पनि सोही दिन प्रकाशन गरिनेछ ।

    बुधबार नै उमेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिएलगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ । सम्बन्धित कमिटीले मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्नेछ ।

    काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्षमा नेता माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालबिच प्रतिस्पर्धा हुने देखिन्छ । २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट