Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्री दाहाल विश्वास योग्य नहुँदा अहिलेको अवस्था सृजना भएको हो : महामन्त्री थापा

प्रधानमन्त्री दाहाल विश्वास योग्य नहुँदा अहिलेको अवस्था सृजना भएको हो : महामन्त्री थापा

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • प्रधानमन्त्री दाहाल विश्वास योग्य नहुँदा अहिलेको अवस्था सृजना भएको हो : महामन्त्री थापा

    विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थीर चरित्रका कारण अहिलेको परिस्थित उत्पन्न भएको बताएका छन् ।

    images
    images

    बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले अहिले परिस्थिति आउनमा कसैको हात नभएको र विश्वास गर्न योग्य नभएका प्रचण्डको अस्थीर चरित्रका कारण उत्पन्न भएको बताएका हुन् ।

    वर्तमान कांग्रेस एमाले गठबन्धनबारे प्रस्टाउँदै महामन्त्री थापाले भने,’अहिलेको गठबन्धनको परिस्थिति बनेको सम्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थीरताको कारण हो । सरकार बनेको दुई चार महिनामा नयाँ गठबन्धन बन्थ्यो ? बन्दैन थियो । प्रचण्डको यति धेरै अस्थीर चरित्र ब्यवहार नभएको भए । अहिले एमालेसँग सरकारमा बसिसकेपछि पनि नयाँ खालको लसपस र हात खुट्टा पसारी सकेपछि यो अहिलेका दुर्घटना उहाँकै कारण निम्त्याएको हो ।’

    नेपालको राजनीतिमा प्रचण्डमा धेरै अस्थीरपन र विश्वासयोग्य चरित्र नहुँदा अहिलेको परिस्थित निर्माण भएको महामन्त्री थापाको भनाई छ । महामन्त्री थापाले भने,’अहिले दुर्घटना प्रचण्डकै कारण निम्तिएको हो । यो कसैका कारण बनेको होइन, कसैले यसलाई भत्किएको होइन् । नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थीर हुनुभयो कि उहाँसँग कसैको विश्वास रहेन र अहिलेको परिस्थित सृजना भएको हो ।’

    त्यसैगरी, उनले सरकार बन्ने वा नबन्ने भन्ने विषय ब्यक्ति वा दलका कारण नहुने प्रस्टाए ।संविधान संशोधनका विषयमा महामन्त्री थापाले परिस्थिती अनुसार संविधान पुनरावलोकन गर्नुपर्नेमा जोड दिए ।

    संविधान जोगाउने जिम्मेवारी कांग्रेसको भएको बताउँदै उनले भने,’अहिलेको संविधान अरु कसैलाई देखाइदिनका लागि बनाएको होइन् । यसलाई जोगाउने जिम्मेवारी हाम्रो हो । संघीय लोकतान्त्रिक गणतान्त्रत्मक ब्यवस्था, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व, सबैको स्वतन्त्रतालाई थप सुदृढीकरण गर्न संविधान पुनरावलोकन गर्ने कांग्रेसको प्रस्ताव हो । संविधान पुनरावलोकनका लागि कांग्रेस एमालेको मतले मात्र पुग्दैन । उनले भने, ‘हामीले यसका लागि अरु दललाई पनि समेट्नुपर्ने हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट