कांग्रेसले बोलायो संसदीय दलको बैठक
कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । फेरिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शनिबार बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्ने गरी कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेका छन् । सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
यद्यपि समर्थन फिर्तापछि पनि प्रधानमन्त्रीले राजीनामा दिएका छैनन् । राजीनामा नदिने अडान लिएका प्रधानमन्त्री प्रचण्डले संसद् 'फेस' गर्ने बताइरहेका छन् ।
यसैले आइतबार प्रतिनिधिसभाको बैठकअघि कांग्रेसले छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । बैठक शनिबार ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।