Sep 08 2024 | २०८१, भदौ २३ गते

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा बहस सकियो, फैसला आउँदै

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा बहस सकियो, फैसला आउँदै

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • गृहमन्त्री लामिछानेविरुद्धको रिटमा बहस सकियो, फैसला आउँदै

    काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमाथिको बहस सकिएको छ।  बहस सकिएकाले सर्वोच्चले आजै फैसला सुनाउने तयारी छ।

    images
    images

    न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासले रिटलाई अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे निर्णय गर्नेछ। आज लामिछाने पक्षका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए। असार ७ गतेदेखि  रिटमाथि सुनुवाइ सुरू भएको हो।  

    यसअघि असार १८ गते रिट 'हेर्दाहेर्दै' मा राखिएको थियो। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि जेठ २८ गते रिटमाथि  सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सहकारी ठगीमा लामिछानेविरुद्ध परेका मिसिल कागज झिकाउन आदेश दिएको  थियो।

    रिटलाई अग्राधिकार दिँदै जितेन्द्र बाबु राई (जीवी राई) समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०-अ१-०९८७ को  मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट