Sep 08 2024 | २०८१, भदौ २३ गते

नयाँ गठबन्धनको असर , सुदूरपश्चिम सरकारबाट बाहिरिँदै एमाले

नयाँ गठबन्धनको असर , सुदूरपश्चिम सरकारबाट बाहिरिँदै एमाले

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • नयाँ गठबन्धनको असर , सुदूरपश्चिम सरकारबाट बाहिरिँदै एमाले

    धनगढी । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने भएको छ । सँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

    images
    images

    पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश संसदीय दलले नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।

    प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजै मन्त्रीहरूले राजीनामा दिने बताए । एमालेका तर्फबाट सुदूरपश्चिम सरकारमा तीन जना मन्त्री छन् ।

    मुख्यमन्त्री सोडारी धनगढी बाहिर भए पनि समर्थन फिर्ता लिएको र मन्त्रीले राजीनामा दिएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिने उनले बताए । केन्द्रमा कांग्रेस र एमालेको नयाँ समीकरणमा सरकार बन्ने भएपछि सुदूरपश्चिममा पनि दुवै पार्टीले सरकार गठनबारे समेत छलफल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट