images

Jul 08 2024 | २०८१, असार २४ गते

वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल 

वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
  • वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल 

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images

    आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्ने उनको भनाइ छ । नेपालले पार्टीहरु बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए ।

    सबै राजनीतिक दलहरुले संसद्‌लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने उनी बताउँछन् ।

    साथै, उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट