images

Jul 08 2024 | २०८१, असार २४ गते

आधुनिक, गुणस्तरीय तथा प्रविधिमैत्री र सर्वाङ्गीण शिक्षाको पर्याय युनिग्लोब मा.वि./कलेज, कमलादी

आधुनिक, गुणस्तरीय तथा प्रविधिमैत्री र सर्वाङ्गीण शिक्षाको पर्याय युनिग्लोब मा.वि./कलेज, कमलादी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
  • आधुनिक, गुणस्तरीय तथा प्रविधिमैत्री र सर्वाङ्गीण शिक्षाको पर्याय युनिग्लोब मा.वि./कलेज, कमलादी
     
    शिक्षाले सत्यलाई स्विकार्ने मात्र होइन कि सत्यमाथि शङ्का गर्न सक्ने उच्च चेतनाको निर्माण गर्न सक्नुपर्छ भन्ने मान्यताबाट निर्देशित युनिग्लोब कलेज काठमाडौँको कमलादीमा अवस्थित छ । विगत एक दशकदेखि निरन्तर विद्यार्थीको शिक्षण सिकाइमा समर्पित यस विद्यालयमा विज्ञान (Science), व्यवस्थापन (Management)  र कानुन (Law)  गरी तीन स्ट्रिममा पढाइ हुँदै आएको छ । यो शैक्षिक संस्थाले पछिल्लो समयमा मेडिकल, इन्जिनियरिङ, आइटी तथा विभिन्न व्यवस्थापकीय क्षेत्रमा उत्कृष्ट तथा प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्दै नेपालको शिक्षा क्षेत्रमा अतुलनीय योगदान पु-याउन सफल भएको छ । विश्वको जुनसुकै कुनामा पुगे पनि आफूले आर्जन गरेको शिक्षाका माध्यमबाट आफूलाई स्थापित गर्ने मात्र नभई त्यहाँको समाजमा उल्लेख्य योगदान पु-याउन सक्ने उच्च चेतनाको निर्माणमा मार्गनिर्देश गर्न सक्नु नै यस विद्यालयको सबल पक्ष रहेको छ ।
     
    विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा सबैभन्दा महत्त्पूर्ण पक्ष भनेको विद्यार्थीमैत्री वातावरण हुन्छ । कुनै पनि विद्यार्थीले त्यतिबेलासम्म आफूलाई शिक्षण सिकाइ क्रियाकलापमा केन्द्रित गर्न सक्दैन, जतिबेलासम्म उसको सबैभन्दा प्रियस्थलका रूपमा विद्यालय बन्न सक्दैन । यस मान्यतालाई आत्मसात् गर्दै विद्यार्थीमैत्री वातावरणमा विद्यार्थीकेन्द्रित शिक्षण सिकाइमा सदैव यस विद्यालयले आफूलाई अघि बढाउँदै आएको छ । जसले गर्दा नै आम अभिभावक र विद्यार्थीको विश्वास जितेर आशा र भरोसाको केन्द्र बन्दै कक्षा ११/१२ मा उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विद्यालयले आफूलाई स्थापित गर्न सफल भएको विद्यालयका प्राचार्य डा.गणेश रेग्मी बताउँछन् ।
     
    युनिग्लोब कलेजले आफूलाई एउटा (Extended Study Zone) अर्थात् ‘विस्तारित पुस्तकालय’ का रूपमा स्थापित गरेको छ । यस कलेजमा विद्यार्थीहरूले कक्षा कोठाको औपचारिक पठनपाठनको क्रियाकलापमा मात्र नभएर कक्षा कोठा बाहिरको अनौपचारिक पठनपाठनको क्रियाकलापमा पनि आफूलाई केन्द्रित गराएका दृश्य पर्याप्त मात्रामा देख्न सकिन्छ । विद्यार्थीको शैक्षणिक विकासका निम्ति जिरो आवरको समय छुट्याइएको यस कलेजमा विद्यार्थीले उक्त समयको भरपुर सदुपयोग गर्ने गर्दछन् ।  विद्यार्थी र शिक्षकको बिचमा भएको हार्दिकतापूर्ण सम्बन्ध तथा विद्यार्थीमैत्री वातावरणका कारण शिक्षण सिकाइ क्रियाकलाप अत्यन्त सहजतापूर्वक अगाडि बढ्न सकेको कुरा यसै विद्यालयका विद्यार्थी बताउने गर्छन् । अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदै विद्यार्थीको चौतर्फी विकासमा कलेजले ध्यान दिएको देखिन्छ ।
     
    भौतिक पूर्वाधारले सम्पन्न तथा आधुनिक प्रविधिमैत्री कलेजका रूपमा आफ्नो बेग्लै पहिचान बनाउन सफल यस कलेजले ‘convenient way of teaching-learning method’ अन्तर्गत blended learning, micro learning, mobile learning, collaborative learning जस्ता विभिन्न विधि तथा पद्धतिलाई शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गर्ने गरेको छ । विद्यार्थीमाथि कुनै पनि किसिमको बल प्रयोग गरेर वा दबाब सिर्जना गरेर मात्र सही मार्गमा हिँडाउन सकिन्छ भन्ने परम्परित मान्यताको विरुद्धमा विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूको व्यवहारमा परिवर्तन ल्याउनका निम्ति कलेज हरबखत तयार रहेको देखिन्छ । त्यसका लागि विद्यार्थीको मनोविज्ञान बुझेर अध्ययन अध्यापन कार्यलाई निरन्तर अघि बढाउने देशकै दक्ष तथा योग्य  शिक्षकवर्ग यस विद्यालयको सम्पत्ती रहेको कुरा यस विद्यालयका प्राचार्य डा.गणेश रेग्मी बताउँछन् । यसका साथै मनोवैज्ञानिक परमर्शदाताको व्यवस्थासमेत विद्यालयले गरेको छ । जसका माध्यमबाट मानसिकतामा परिवर्तन ल्याई विद्यार्थीलाई आफ्नो शिक्षण सिकाइ क्रियाकलापमा आबद्ध गराउन विद्यालय प्रतिबद्ध रहेको छ ।
     
    १२ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजले आफ्नो स्थापना कालदेखि नै भौतिक पूर्वाधारको पर्याप्तताबिना व्यावहारिक र गुणस्तरीय शिक्षण सिकाइ सम्भव नरहेको कुरालाई बोध गरेको छ । जसले गर्दा भौतिक संरचनाको निर्माणमा कलेजले पर्याप्त ध्यान दिएको छ । पूर्ण रूपमा वातानुकूलित कक्षा कोठा, सिसी क्यामेरा, प्रोजेक्टर जस्ता पूर्वाधारबाट सुसम्पन्न यस कलेजले प्राविधिक रूपमा आवश्यकताअनुसार स्मार्टबोर्ड र ह्वाइटबोर्डको प्रयोग कक्षा कोठामा गर्ने गरेको छ । कलेजमा मात्र नभएर विद्यार्थीलाई घरमा पनि डिजिटल गाइडेन्स आफ्नो स्थापनाकालदेखि नै गराउँदै आएको छ ।
     
    विद्यार्थी, शिक्षक र कर्मचारीको सामूहिक प्रयासबाट नै एउटा हार्दिकतापूर्ण वातावरण बनेको यस विद्यालयमा सबैको अस्तित्वलाई समान महत्त्व दिइएको छ । आत्मानुशासनले नै मानिसले आफूलाई मर्यादित रूपमा स्थापित गराउन सक्ने भएकाले सबैका निम्ति यसको समान महत्त्व हुने कुरालाई कलेजले आत्मसात् गरेको छ । त्यसैले हरेक वर्ष कक्षा ११ र १२ मा गरेर करिब २५ सय विद्यार्थीलाई कलेजले एउटा अनुशासित र मर्यादित वातावरणमा अध्ययन अध्यापन गर्दै गराउँदै आएको छ ।
     
    'Bringing the Best Together'  भन्ने मूल नारालाई आत्मसात् गर्दै अगाडि बढेको यस कलेजले विद्यार्थीलाई व्यक्तिगत तहमै पुगेर शिक्षण सिकाइ गराउँछ । हरेक विद्यार्थीको रुचि तथा क्षमतालाई बोध गरेर करिकुलम, ECA / CCA  को एउटा इन्टिग्रेटेड मोडालिटी अपनाएर भोलिका दिनमा उसका निम्ति एउटा बलियो आधार बनाइदिने कार्य यस युनिग्लोबले गर्दै आएको छ । जसले गर्दा नै आजसम्म शतप्रतिशत उत्कृष्ट नतिजा ल्याएर विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकेको यस कलेजका प्राचार्य रेग्मी बताउँछन् ।
     
    योग्य, दक्ष तथा तालिमप्राप्त शिक्षकवर्ग
     
    आधुनिक शिक्षा पद्धतिलाई अङ्गीकार गरेर अगाडि बढ्दा त्यसलाई व्यवहारमा रूपान्तरण गर्नका निम्ति सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको शिक्षकको क्षमता विस्तार हो । २१ औँ शताब्दीको शिक्षक प्राविधिक र पेडागोजिकल दुबै पक्षबाट नै उत्कृष्ट बन्नुपर्छ भन्ने मान्यता बोकेको यस कलेजले आफ्ना शिक्षकको क्षमता विस्तारका लागि हरेक वर्ष तालिम प्रदान गर्ने गरेको छ । यस कलेजले आफ्नो व्यावसायिक जिम्मेवारीलाई बोध गरेर यस किसिमको तालिम अन्य विद्यालयका शिक्षकलाई पनि दिने गरेको छ । केही समयअघि मात्र काठमाडौँका विभिन्न विद्यालयका शिक्षकलाई यस किसिमको तालिम उपलब्ध गराएको कुरा प्राचार्य रेग्मीले हामीलाई जानकारी गराए ।
     
    कलेजमा हाल पूर्णकालीन र आंशिक गरी ९१ जना शिक्षक कार्यरत छन् भने ४७ जना कर्मचारीले शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण गर्दै आएका छन् । शिक्षक र कर्मचारी सम्पूर्ण जनशक्तिको विभिन्न तालिमका माध्यमबाट क्षमता विस्तार गरिएको हुँदा टिमवर्क राम्रोसँग अगाडि बढेको र यसले राम्रो नतिजा पनि दिँदै आएको अनुभव भौतिक विज्ञान विभागका प्रमुख देवेन्द्र खड्काले बताए ।
     
    समावेशी र सहभागितामूलक कक्षाकोठा
     
    राज्यले अपनाएको समावेशी नीतिको विम्ब कक्षा कोठामा पनि देखिनुपर्छ भन्ने मान्यतालाई यस कलेजले अङ्गीकार गरेको छ । जसले गर्दा कक्षा कोठालाई समावेशी बनाउनका निम्ति यस कलेजले विभिन्न छात्रवृत्तिको सुनिश्चितता गरेको छ । सांस्कृतिक रूपमा विविधता भएको देशको विम्बलाई यस कलेजका हरेक कक्षा कोठाले प्रतिनिधित्व गरेका छन् । त्यसैले युनिग्लोब कलेज समावेशी एवम् सहभागितामूलकको राम्रो नमुना हो ।
     
    राज्यले तोकेको बाहेक पनि यस कलेजले एसईईको नतिजामा आधारित र यस कलेजको प्रवेश परीक्षामा आधारित रही हरेक स्ट्रिममा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । पढाइमा अब्बल विद्यार्थीलाई हरेक कोणबाट अघि बढ्न प्रेरित गर्नुपर्छ भन्ने मान्यताबाट यसोे गरिएको सन्दर्भलाई प्राचार्य रेग्मी बताउँछन् ।
    व्यावहारिक सिकाइमा जोड
     
    करिकुलमले निर्देशन गरेको शिक्षण सिकाइबाट माथि उठेर यस कलेजले करिकुलमलाई व्यावहारिक जीवनमा जोडेर व्यावसायिक रूपको सिकाइमा जोड दिने गरेको छ । आफूले पढेका सिकेका विषयवस्तुलाई कसरी हाम्रो दैनिक गतिविधिमा जोड्न सकिन्छ भन्ने ध्येयले विद्यार्थीलाई व्यवहारमुखी बनाउनु यस कलेजको मुख्य ध्येय रहेको छ । कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षामा केन्द्रित भएपछि पनि विद्यार्थीको समग्र विकासमा आवश्यक सहयोग यस कलेजले गर्दै आएको छ ।
     
    व्यवस्थापन स्ट्रिममा अध्ययन गर्ने विद्यार्थीका निम्ति औद्योगिक भ्रमण, फिल्ड भिजिट, परियोजना कार्य आदिका माध्यमबाट देशको समसामयिक आर्थिक, व्यापारिक पक्षसँग आबद्ध गराई उनीहरूलाई ती क्षेत्रको समग्र ज्ञान दिनु यस कलेजको मुख्य उद्देश्य रहेको छ । केबल गृहकार्य मात्र भन्दा पनि कुनै पनि वित्तीय संस्थाको आर्थिक अवस्थाको अध्ययन अनुसन्धान गर्न लगाएर अर्थशास्त्रीय मान्यतालाई बुझाउने कोसिस गरिन्छ । यस्ता विषय सम्बद्ध परियोजना कार्य प्रस्तुत गर्न लगाएर आधुनिक विश्वमा पूर्ण प्रतिस्पर्धी विद्यार्थीको उत्पादनमा कलेजले जोड दिने गरेको छ । जसले गर्दा नै गत वर्षको ऋब् त्यउउभच युनिग्लोबकै विद्यार्थी भएको कुरा बिजनेस स्टडिज विभागले जानकारी गरायो ।
     
    विज्ञान स्ट्रिममा अध्ययन गर्ने विद्यार्थीलाई पनि विज्ञान र प्रविधिसँग जोडेर पाठ्यक्रमलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न अभिप्रेरित गर्ने कार्य यस कलेजले गर्दै आएको छ । ०७२ सालदेखि नै यस कलेजमा अध्यापन गर्दै आएका कम्प्युटर विभागका प्रमुख नवीन गुरुङले रोबोर्टिक्स ट्रेनिङको लागि विभिन्न संस्थासँग काम गरिरहेको बताउँछन् । जसमा आइओटी बेस्ट डिभाइस बनाउनेदेखि लिएर आर्टिफिसियल इन्टेलिजेन्सका टुल्सहरूको प्रयोग विद्यार्थीका माध्यमबाट गराउन सकिन्छ । यो क्रमलाई अझ विस्तारित र व्यापक रूपमा अघि बढाउने योजना भएको उनले बताए । भोलिका दिनमा प्रतिस्पर्धी विश्वमा आफूलाई स्थापित गर्नका लागि चाहिने ज्ञान र सिप पाठ्यक्रमभन्दा पनि माथि उठेर युनिग्लोब कलेजले दिँदै आएको कुरामा उनले जोड दिए ।
     
    राष्ट्रिय व्यक्तित्वसँगको अन्तरक्रिया
     
    आधुनिक शिक्षण सिकाइका बहुआयाम हुन्छन् भन्ने मान्यता बोकेको यस कलेजले राष्ट्रियस्तरका विभिन्न व्यक्तित्वलाई विद्यार्थीसँगको अन्तरक्रियामा आमन्त्रण गर्ने गरेको छ । खासगरी व्यवस्थापन स्ट्रिमका विद्यार्थीको हकमा आर्थिक क्षेत्रमा उल्लेख्य योगदान पु-याएका व्यक्तित्वलाई आमन्त्रण गर्ने गरेको छ । पछिल्लो पटक कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका निम्ति तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतलाई आमन्त्रण गरी कलेजले अन्तरक्रिया सञ्चालन गरेको थियो । त्यसैगरी डा. मीनेन्द्र रिजालका साथै राष्ट्र बैङ्कका कर्मचारी, विभिन्न अर्थविद्, अर्थशास्त्रीहरूलाई कलेजमा उपस्थित गराई अन्तरक्रियाका माध्यमबाट विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पु¥याउने गरेको छ । जसबाट विद्यार्थीले समसामयिक आर्थिक पक्षलाई बोध गर्न सक्ने कुरा अर्थशास्त्रका विभागीय प्रमुख यादव गौतम बताउँछन् ।
     
    पारिवारिक वातावरण
     
    विद्यार्थीको उचित रेखदेख हुने एउटा पारिवारिक वातावरणको निर्माणमा युनिग्लोबले सदैव आफूलाई समर्पित गराउँदै ल्याएको छ । अभिभावकलाई आफ्ना सन्तानले घरको जस्तै पारिवारिक वातावरण पाउँछन् भन्ने कुराको सुनिश्चितता यस कलेजले गर्न सकेको छ । जसका निम्ति शिक्षक तथा कर्मचारी सबैको सामूहिक प्रयासबाट नै यस किसिमको वातारणको निर्माण भएको छ । यसका अतिरिक्त स्वास्थ्य परिचारिकादेखि मनोविद्सम्मको व्यवस्था यस विद्यालयले गरेको छ । कक्षा ११/१२ मा पढ्ने विद्यार्थी एउटा सङ्क्रमणकालीन अवस्थाबाट अघि बढिरहेको हुन्छ । जसले गर्दा उनीहरूको मानसिकतामा अचानक परिवर्तन देखिन सक्छ । यस किसिमको गम्भीर विषयलाई हृदयङ्गम गर्दै हरबखत मनोविद् वा मनोवैज्ञानिक काउन्सिलरलाई विद्यार्थीको काउन्सिलिङका निम्ति तम्तयार राखिएको हुन्छ । जसले गर्दा यहाँबाट उच्च शिक्षाका निम्ति जाने विद्यार्थीका निम्ति पनि मार्ग प्रशस्त हुन सकेको सन्दर्भलाई प्राचार्य रेग्मी बताउँछन् ।
     
    आधुनिक सुविधासम्पन्न इन्नोभेसन ल्याब
     
    भौतिक विज्ञानका सन्दर्भमा यस विद्यालयले विद्यार्थीले पढेका सैद्धान्तिक विषयको प्रयोगात्मक परीक्षण गर्नका लागि सुविधासम्पन्न ल्याबको व्यवस्था गरेको छ । जसमा विद्यार्थीलाई ल्याबको सहयोगमा सैद्धान्तिक विषयलाई व्यवहारमा रूपान्तरण गरेर पढाउने गरिन्छ । जसबाट विद्यार्थीले सिप आर्जन गरी आफूले पढेका सबै विषयमा एचभकभलतबतष्यल गर्नुपर्ने हुन्छ । राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रमबाहेक कलेजले आफ्नो सुविधासम्पन्न इन्नोभेसन ल्याबमा प्राचार्यकै नेतृत्वमा विभिन्न तालिम दिने, रोबोट बनाउन सिकाउने तथा अन्तरिक्षसम्बन्धी ज्ञान दिने गरेको छ । कलेजले परियोजना कार्य दिने तथा विषयवस्तुअनुसार फिल्ड भिजिट पनि गराउने कुरा रसायन विज्ञान विषयका विभागीय प्रमुख जयराम घिमिरेले बताए । यसबाहेक इन्जिनियरिङ र मेडिकलको तयारी कक्षाहरू पनि सुरुबाट नै निरन्तर रूपमा दिने र जुन विद्यार्थीका निम्ति अत्यन्त उपयोगी देखिएको कुरामा पनि घिमिरेले जोड दिए ।
    वैज्ञानिक सम्मेलन
     
    युनिग्लोब कलेजले हरेक वर्ष ‘योङ्ग साइन्टिस्ट समिट’ नाम दिएर प्रतियोगितात्मक विज्ञान महोत्सव (साइन्स एक्जिभिसन) कार्यक्रम आयोजना गर्ने गरेको छ । जसलाई नेपाल पोलिमर इन्स्टिच्युटले साथ दिएको रसायनशास्त्रका विभागीय प्रमुख जयराम घिमिरेले बताए । घिमिरे विगत २ वर्षदेखि युनिग्लोब इन्नोभेसन एन्ड रिसर्च सेन्टरलाई नेतृत्व गर्दै आएका छन् । यसै अन्तर्गत रहेर हरेक वर्ष रोबोटिक्स, कम्प्युटर साइन्स, बायोलोजिकल साइन्स, इन्डिजिनियस नलेज एन्ड टेक्नोलोजी, फिजिकल एन्ड केमिकल साइन्स आदि विभिन्न विषय क्षेत्रसँग सम्बन्धित परियोजना कार्यहरू विद्यार्थीसँग मगाइन्छ । विद्यार्थीले सर्वप्रथम त आफूले तयार पार्ने प्रोजेक्टको पेपर प्रिजेन्टेसन गर्छन्  अनि उपयुक्त प्रोजेक्टले यस महोत्सवमा स्थान पाउँछ । यस महोत्सवमा युनिग्लोब मात्र नभएर अन्य विद्यालयबाट पनि सहभागी गराउने गरिन्छ । यसबाट विद्यार्थीमा विज्ञान र प्रविधिलाई जोडेर अनुसन्धान गर्न सक्ने क्षमताको आधारस्तम्भ खडा हुने कुरा घिमिरेले बताए । 
     
    यस सम्मेलनमा देशभरिबाट सहभागी भएका स्वर्णपदक विजेतालाई ‘एसिया प्यासिफिक योङ्ग साइन्टिस्ट समिट’ नामक सम्मेलनमा भाग लिन विदेश पठाइन्छ । जसबाट विद्यार्थीलाई वल्र्ड एक्सपोजर दिनमा युनिग्लोब कलेजको सर्वोपरि भूमिका छ । यस कार्यमा विद्यार्थीलाई सहजीकरण गर्नका निम्ति देशकै योग्य, दक्ष तथा पूर्ण प्रतिस्पर्धी शिक्षकहरू रहेका छन् । जसलाई युनिग्लोब कलेजले आफ्नो अमूल्य निधि मान्दै आएको छ ।
     
    जिरो आवर कक्षा
     
    सबै विद्यार्थीको सिक्ने क्षमता समान किसिमको हुँदैन । त्यसैले विद्यार्थीलाई फरक वातावरणमा राखेर शिक्षण सिकाइ क्रियाकलाप गरिनुपर्छ भन्ने मान्यतालाई युनिग्लोब कलेजले आत्मसात् गरेको छ । साथै कतिपय विद्यार्थी कहिलेकाहीँ कामविशेषले विद्यालयको नियमित कक्षामा उपस्थित हुन नसकेको खण्डमा उनीहरूका निम्ति पनि अनुपस्थित हुँदाको दिनको शिक्षण सिकाइ आवश्यक हुन्छ भन्ने कुरालाई पनि यस विद्यालयले हृदयङ्गम गरेको छ । त्यसैले यस किसिमका असहजतालाई सम्बोधन गर्नका लागि विद्यालयले जिरो आवरको समय छुट्याएको छ । जसमा कक्षा कोठामा सिक्न नसकेको विषय तथा अनुपस्थित हुँदा सिक्न नसकेको विषयलाई विद्यार्थीले सहज खालको विद्यार्थीमैत्री वातावरणमा सिक्न सक्छन् । यसका लागि हरेक विभागले एक घण्टाको जिरो आवर छुट्याएर काम गरिरहेको हुन्छ । यसबाट पनि विद्यार्थीलाई अपेक्षाकृत लाभ हुन नसकेमा अतिरिक्त कक्षाको व्यवस्था पनि विद्यालयले गरेको छ ।
     
    शिक्षण सिकाइमा एआई टुल्स र सफ्टवेयरको प्रयोग
     
    पछिल्लो समय विश्वमा एआई टुल्सको प्रयोग बढिरहेको छ । विभिन्न सफ्टवेयरको प्रयोग बढिरहेको छ । विद्यार्थीको शिक्षण सिकाइमा तिनको रचनात्मक प्रयोगलाई विद्यालयले विशेष चासो दिने गरेको छ । गणितका विषयवस्तु अध्यापनमा विभिन्न सफ्टवेयरको प्रयोगबाट समयको मितव्ययिता अपनाउन सकिने तथा सहजै विद्यार्थीलाई बुझाउन सकिने जानकारी गणित विभागका प्रमुख अग्निदत्त जोशीले दिए । साथै सफ्टवेयरको प्रयोगबाट विभिन्न गणितका सूत्रहरूलाई भिजुअलाइज गरेर देखाउँदा विद्यार्थीले स्पष्ट रूपमा बुझ्ने गरेको जोशीले बताए ।
     
    नवीनतम विधिको प्रयोग
     
    विद्यार्थीलाई उनीहरूले पढ्ने विषयको प्रकृतिअनुसार विभिन्न पद्धतिको प्रयोग गर्नुपर्छ भन्ने विषयमा विद्यालय सचेत छ । जसले गर्दा बायोलोजी पढ्ने विद्यार्थीका निम्ति विद्यालयले हेनन एप्रोच मेथडको प्रयोग गर्ने गरेको बायोलोजी विभागका प्रमुख ताराबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यस पद्धति अनुसार अध्यापन कार्य अघि बढाउँदा बोटबिरुवाका बारेमा सिकाइँदै छ भने सम्बन्धित बोटबिरुवा नै विद्यार्थीका सामुन्ने ल्याएर त्यसबारेमा जानकारी दिइन्छ । यस किसिमको प्रयोगात्मकमा आधारित अध्ययन अध्यापन कार्यमा यस युनिग्लोब कलेजले जोड दिएको छ । यसबाट विद्यार्थीमा थप चासो बढेर शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन गरेको विभागको ठम्याइ छ ।
     
    आइडिया पिचिङ
     
    युनिग्लोब कलेजले विद्यार्थीको शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । त्यसैले विद्यार्थीलाई नतिजामुखी मात्र बनाउने भन्दा पनि भोलिका दिनमा समाज, देश तथा विश्वकै निम्ति पनि केही गर्न सक्ने योग्य जनशक्ति निर्माणमा आफूलाइ समाहित गराउँदै आएको छ । त्यसकारण विद्यार्थीले कक्षा ११ वा १२ मा पढ्दापढ्दै नै आफ्नो व्यावसायिक तथा प्राज्ञिक योजना कलेजसामु पेस गर्न सक्ने प्लेटफर्म पनि कलेजले उपलब्ध गराउँदै आएको द्यगकष्लभकक क्तगमष्भक, म्भउबचतmभलत ज्भबम नारायण पोखरेल बताउँछन । जसको लागि कलेजले हरेक वर्ष ‘आइडिया पिचिङ’ को कार्यक्रम गरेको हुन्छ  र उत्कृष्ट आइडियालाई पुरस्कृत गर्छ । जसबाट भोलिका दिनमा विद्यार्थीले आफूलाई अघि बढाउने स्पष्ट मार्गचित्र पनि कोरिसकेका हुन्छन् । यसतर्फ पनि विद्यालयले सचेततापूर्वक कार्य गरिरहेको छ ।
    यस किसिमको आधुनिक, गुणस्तरीय तथा प्रविधिमैत्री कक्षा कोठा, विद्यार्थीमैत्री वातावरण, विद्यार्थीकेन्द्री शिक्षण सिकाइ क्रियाकलाप तथा पारिवारिक वातावरणका कारण कक्षा ११ मा विद्यार्थीको रोजाइको केन्द्रका रूपमा यस शैक्षिक संस्था आफ्नो स्थापनाकालदेखि नै रहिआएको छ ।

     

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट