Dec 30 2024 | २०८१, पुस १५ गते

images
images

म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज

म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
  • म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज

    एसईई उत्तीर्ण भएपछि सबैभन्दा धेरै विद्यार्थीको रुची र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यवहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आम विद्यार्थीको रोजाई परेको हो । 

    images
    images
    images

    अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेन्सीजस्ता विषय पढाई हुने यो संकाय अधिकांश उच्च मावि र कलेजहरुमा छ । केही समयअघिसम्म एसएलसीमा उच्च अंक ल्याउन नसकेका र धेरै कमजोर पनि नरहेका मध्यम विद्यार्थी म्यानेजमेन्ट पढ्छन् भन्ने धारणा थियो । तर पछिल्लो समयमा म्यानेजमेन्ट पढ्न उत्कृष्ट अंक ल्याएका र एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा छ । 

    म्यानेजमेन्ट अध्ययनका लागि काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट एउटा सफल र उदाहरणीय ब्राण्डका रुपमा स्थापित कलेज हो । जसले गत वर्षमात्रै उत्कृष्ट म्यानेजमेन्ट कलेजको अवार्ड समेत पाएको छ । व्यवस्थापन विषय अध्ययनका लागि नेपालको एकमात्रै उत्कृष्ट कलेजका रुपमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट सम्पूर्ण रुपमा व्यवस्थापन संकायमा केन्द्रित छ । यहाँ अन्य विषयको अध्ययन नभई व्यवस्थापनमामात्रै ध्यान केन्द्रित हुने भएकाले यो विषय अध्ययनका लागि उपयुक्त गन्तव्य बन्न सक्छ । 
    ग्लोबल कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन शिक्षामा विशिष्टता मात्रै हासिल गरेको छैन, यसले एक्काइसौं शताब्दीको मागअनुसार विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार पार्दै आएको छ । यो कलेजले म्यानेजमेन्ट विषयमा ९८ प्रतिशतभन्दा माथिको नतिजा दिँदै आएको छ । 

    ग्लोबल कलेज अफ म्यानेजमेन्टका विशेषताहरू

    ग्लोबल कलेज अफ म्यानेजमेन्ट वि.सं. २०६२ सालमा व्यवस्थापन विषय अध्यापन गराउने उद्देश्यले स्थापना भएको कलेज हो । यो कलेजमा अरु विषय अध्यापन हुँदैन र सम्पूर्ण रुपमा म्यानेजमेन्ट विषयमा नै फोकस हुन्छ । त्यसैले यहाँ अध्ययन गरेका विद्यार्थी म्यानेजमेन्ट संकायमा पोख्त भएर निस्किन्छन् । कलेजको व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कलेज प्रशासन, को–अर्डिनेटरको सम्पूर्ण ध्यान म्यानेजमेन्ट पढ्ने विद्यार्थीले पाउँछ । त्यसैले ग्लोबल कलेज साइन्स, म्यानेजमेन्ट र अन्य संकायको पढाई हुने अरु कलेजभन्दा भिन्न छ । 

    साइन्स र म्यानेजमेन्ट सँगै भयो भने कलेजको सम्पूर्ण फोकस विज्ञानले पाउँछ । साइन्सबाट डाक्टर, इन्जिनियर, नर्स, फार्मेसीजस्ता क्षेत्रमा जान पाइन्छ भन्ने भएकाले कलेज र विद्यार्थीको पनि सम्पूर्ण फोकस साइन्समा जान्छ र व्यवस्थापनमा कम ध्यान हुन्छ । त्यो खालको डोमिनेसन, डिस्क्रिमिनेसन र सेग्रिगेसन ग्लोबल कलेज अफ म्यानेजमेन्टमा हुँदैन । किनकि यो पूर्ण रुपमा म्यानेजमेन्ट कलेज हो र सम्पूर्ण ध्यान यसैमा केन्द्रित छ । 

    साइन्समा कलेज टपर, बोर्ड टपर वा जतिसुकै राम्रो अंक ल्याए पनि जबसम्म मेडिकल र इन्जिनियरिङमा नाम निस्किदैन, तबसम्म भ्यालुएड नै हुँदैन । तर यही कुरा म्यानेजमेन्टमा लागू हुँदैन । एउटा विद्यार्थीले कलेजमा ४५ मिनेटका ५ वटा कक्षा पढ्छ । यो भनेको करिब ४ घन्टा हो । सोही अनुसार उसले १ देखि ३ घन्टा घरमा मेहनत ग-यो भने ग्लोबल कलेजमा पढेको एभरेज विद्यार्थीले ८० प्रतिशतभन्दा बढी अंक ल्याउँछ । उसले दिनमा ७ घन्टा नै सुत्यो भने पनि उसँग दिनमा अझै १० घन्टा समय बाँकी रहन्छ ।

    जुन समय उसले करियर डेभलपमेन्ट, पर्सनालिटी डेभलपमेन्ट, नेतृत्व क्षमता विकास, मोटिभेटिङ क्वालिटी डेभलपमेन्ट, समूहमा काम गर्ने सिक्नेजस्ता क्षेत्रमा लगाउन सक्छ । त्यसका लागि ग्लोबल कलेज अफ म्यानेजमेन्टमा जति पनि अवसर छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा जति एस्ट्रा करिकुलर एक्टिभिटी र को–करिकुलर एक्टिभिटी हुन्छ, त्यो अरु कलेजको तुलनामा असाध्यै धेरै हुन्छन् । जसमा कलेजले पूर्ण रुपमा सपोर्ट र सहयोग गर्छ । यसले विद्यार्थीको होलिस्टिक डेभलपमेन्टका लागि सहयोग पुग्छ । यसरी सबै क्षेत्रमा पोख्त भएका विद्यार्थीलाई उच्च शिक्षाका लागि नेपालमा मात्रै होइन, संसारका कुनै पनि कलेजले रोक्दैन । 

    कुनै कलेजले वेलकम, फेरवेल, सांगीतिक र सांस्कृतिक कार्यक्रम, आर्ट, पब्लिक स्पिकिङजस्ता कार्यक्रम गर्नसक्छ । तर ग्लोबल कलेज अफ म्यानेजमेन्टमा गत वर्ष २०८० मा मात्रै ९६ वटा अतिरिक्त कार्यक्रम भएका छन् । 

    अर्को सबैभन्दा बलियो पक्ष भनेकै यहाँका अनुभवी शिक्षकहरु हुन् । यहाँ जो पायो त्यही शिक्षकले पढाउदैन । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्यापनका लागि पहिलो शर्त भनेकै मास्टर्समा प्रथम श्रेणीमा उत्तीर्ण गरेकै हुनुपर्छ । धेरै शिक्षकहरु सम्बन्धित विषयमा ‘गोल्ड मेडल’ प्राप्त गरेका छन् । कुनै कलेजमा ५ वर्ष अध्यापनको अनुभव नभएका शिक्षकहरु ग्लोबल कलेजमा पढाउन योग्य हुँदैनन् । यसको अर्थ यहाँ पढाउने शिक्षकहरु अनुभवी छन् । जो विद्यार्थी ११–१२ कक्षा अध्ययनका लागि आउँछन्, उनीहरु आफैंले शिक्षकको मूल्यांकन गर्न पाउने व्यवस्था यो कलेजमा छ । यदी कुनै शिक्षकबारे विद्यार्थीबाट बारम्बार गुनासो आयो भने शिक्षक नै हट्ने सम्भावना पनि हुन्छ । यसबाट शिक्षक सधैं विद्यार्थीप्रति उत्तरदायी हुन्छन् ।

    अर्को कुरा शिक्षक र विद्यार्थीबीच फ्रेन्ड्ली सम्बन्ध हुन्छ भने शिक्षक अहिलेको जेनेरेसन र प्रविधिसँग अपडेटेड हुनैपर्छ । भन्दा र सुन्दा यो कुरा अनौठो लागे पनि यसले विद्यार्थीलाई नै सहयोग पुग्छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ६ वटा विषयमा पढाई हुन्छ । ती सबै किताबका लेखकहरु यो कलेजमा पढाउछन् । अरु माथिल्लो लेभलका किताबका लेखक पनि यो कलेजमा शिक्षक छन् । त्यसैले ७ घन्टा पढ्दा त्यसै ८० प्रतिशत आउने होइन, कलेजसँग राम्रो ब्याकअप छ ।

    ग्लोबल कलेजमा एउटा यस्तो सिस्टम छ, जसले यहाँ आएको कुनै विद्यार्थी फेल हुनै पाउँदैन र फेल हुँदैन । शतप्रतिशत पास हुन्छ, त्यसको सम्पूर्ण जिम्मा कलेजले नै लिन्छ । शिक्षकहरुले यहाँ नियुक्ति लिँदै गर्दा नै सबै विद्यार्थीलाई पास गराउने प्रतिबद्धता जनाएका हुन्छन् । त्यसका लागि यहाँका शिक्षकले पनि अन्य कलेजमा भन्दा दुई/तीन/चार गुणा बढी सेवा सुविधा प्राप्त गर्छन् । 

    शिक्षकले हरेक साताभरमा पढाएको कुरालाई होमवर्क दिनैपर्छ र चेक गर्नुपर्छ । जुन कुरा कलेजको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) मा अपलोड गर्नुपर्छ । जसमा शिक्षकले विद्यार्थीले गरेको छ भने सी अर्थात कम्प्लिक्ट लेख्छन् ।  पूरा गरेको छैन वा फेरि गर्नुपर्नेछ भने आर र बुझाएकै छैन भने ‘नट सबमिटेड’ भनेर लेखिन्छ । यस्ता विद्यार्थीलाई प्रोग्राम डाइरेक्टर, को–अर्डिनेटरले प्रोजेक्ट नबुझाउनुको कारण सोध्छन् । अरु कुनै समस्या भयो वा पढेको जानेको छैन भने बिहान पढ्नेलाई दिनभर र दिउँसो पढ्ने छ भने बिहानदेखि नै बोलाएर थप मेहनत गराउँछन् । यसले विद्यार्थीलाई केही कडाई गरेको हो कि भन्ने फिल हुनसक्छ । तर यसले विद्यार्थीलाई नै पर्फेक्ट बनाउँछ । 

    यहाँको कलेजको भवन, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, सेमिनार हलदेखि जति पनि स्रोतसाधन छन्, ति सबै कलेजको लागि नै डिजाइन गरिएका छन् र विद्यार्थी केन्द्रित, विद्यार्थीको शिक्षण सिकाईमा सहयोग पुग्ने खालका छन् । भवनका प्रत्येक तलामा एक पटकमा १२ देखि १४ जनाले प्रयोग गर्नसक्ने शौचालय छ । विद्यार्थीलाई कक्षा चलिरहेको समयमा बिचमै बाहिर जानुप¥यो भने २ मिनेटमा फर्किएर आउन सक्छ । जसले गर्दा उसको कक्षा छुट्दैन । यो एक दिनको कुरा होइन, दुई वर्षको कुरा हो । 

    हरेक हेड अफ डिपार्टमेन्टका अलग अलग क्याबिन छन् । जहाँ विद्यार्थी र हेड अफ डिपार्टमेन्टबीच व्यक्तिगत रुपमा छलफल गर्न पाउँछन् । पढाएर सकेपछि पनि शिक्षकहरु २ घन्टा बस्ने भएकाले नबुझेको कुरा विद्यार्थीले त्यही आएर पनि सोध्न पाउँछन् । यहाँ भएका सुविधाहरुलाई उपयोग गर्न सक्यो भनेमात्रै पनि धेरै कुरा सिक्न सकिन्छ । 

    यो कलेजमा भर्ना भएको हरेक विद्यार्थीले ग्रुपको अघि माइक समातेर कुनै विषयमा बोल्नैपर्छ । यसले उसको भाषिकदेखि वाक्कलामा निपूर्ण हुन्छ । तिनै विद्यार्थी कलेजका क्लबमा सामेल हुन्छन् र त्यसमार्फत अनेकौं अतिरिक्त क्रियाकलापमा सामेल हुन्छन् । यस्ता क्रियाकलापका लागि ६ वटा क्लबहरुलाई कलेजले सहयोग गर्छ । यहाँका एभजेज कलेजहरुले काठमाडौंका धेरै कलेजहरुमा नेतृत्वदायी भूमिका खेल्न सक्छन् भने उत्कृष्ट विद्यार्थीमध्ये धेरैले विदेशमा अध्ययनका राम्रा अवसरहरु प्राप्त गरेका छन् । ग्लोबलबाट बाहिर निस्किदा कुनै पनि विद्यार्थीले एउटा बलियो शैक्षिक प्रमाणपत्र र बोल्डनेस, कन्फिडेन्स बोकेर जानसक्छ । 
    छात्रवृत्तिको व्यवस्था

    ग्लोबल कलेज अफ म्यानेजमेन्टमा महानगरबाट आउने १० प्रतिशत विद्यार्थीले अनिवार्य रुपमा छात्रवृत्ति प्राप्त गर्छन् । यहाँ पढ्न आउने कुनै पनि विद्यार्थी छात्रवृत्ति बिना पढेको छैन भन्दा पनि हुन्छ । किनभने हरेक विद्यार्थीले जीपीएका आधारमा छात्रवृत्ति पाउँछ । 

    विद्यार्थी कलेजमा भर्नाका लागि आउँदा इन्ट्रान्स परीक्षा दिन्छ । जसमा राम्रो गर्न सकेमा एसईईको जीपीएलाई समेत हेरेर छात्रवृत्ति प्रदान गरिन्छ । जीपीए २.८ भन्दा कम जीपीए ल्याएको छ भने पनि इन्ट्रान्समा नाम निकाले पढ्न पाउँछ । इन्ट्रान्समा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुले कलेजमा तिर्ने वार्षिक शुल्क असाध्यै नगन्य हुन्छ । 

    अतिरिक्त क्रियाकलापको व्यवस्था

    ग्लोबल कलेज अफ म्यानेजमेन्ट अतिरिक्त शैक्षिक क्रियाकलापको असाध्यै धेरै अवसरहरु छन् । यहाँ रहेका म्युजिक क्लब, सोसल क्लब, ग्लोबल डिबेड क्लब, लिटरेरी क्लबलगायत ६ वटा क्लबहरु कलेजका अतिरिक्त क्रियाकलाप सञ्चालनमा सक्रिय छन् । जसले कलेजका हरेक कार्यक्रमको नेतृत्व गर्छन् । यो म्यानेजमेन्ट कलेज भएका कारण यो कलेजबाट उत्पादन हुने विद्यार्थी पनि म्यानेजरहरु नै हुन् ।

    कलेजका ईसीए/सीसीए को–आर्डिनेटर जय गौडेलका अनुसार उनीहरु भोलिका दिनमा कुनै कुनै संस्था चलाउदा पनि त्यसको व्यवस्थापन गर्नसक्ने, डिल गर्नसक्ने, बोल्न सक्ने, प्रोपोजलको निर्माण गर्नेजस्ता क्रियाकलापमा पोख्त हुन सक्छन् । त्यसैले अतिरिक्त क्रियाकलाप पनि सोही अनुसार क्लबहरुले सञ्चालन गर्छन् । हरेक वर्ष आउने नयाँ विद्यार्थीले पनि क्लबहरुलाई उस्तै गतिमा हाँकिरहेका छन् भने यीनै क्लबबाट विभिन्न सामाजिक कार्यहरु समेत गरिरहेका छन् । कतिपय ठूलो कार्यक्रम गर्नका लागि कलेजले सहयोग गर्छ भने कतिपय स्पोन्सरसिपका लागि कलेजले सामान्य कुराकानी गरिदिन्छ । तर त्यहाँ प्रोपोजल लेखेर सहयोग ल्याउने काम विद्यार्थी आफैंले गरिरहेका छन् ।

    पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरुलाई यीनै क्लबका विद्यार्थीले बोलाएर कार्यक्रम गर्न सक्छन् । कलेजमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, डा.बाबुराम भट्टराई, गगन थापाजस्ता नेताहरु बोलाएर विद्यार्थीले कार्यक्रम गरेका छन् । यो आफैंमा ठूलो एक्सपोजर हो । यसैगरी विषयको प्रकृतिअनुसार इन्डस्ट्रीयल क्षेत्रदेखि आईटी पार्क, एक्स्पोहरुमा, ठूला कार्यालयहरु आदिको भ्रमण गरी कसरी चलिरहेका छन् र कसरी व्यवस्थापन भएको छ भन्नेबारेमा अध्ययन गराइन्छ । होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीलाई कुनै फाइभस्टार होटलको भ्रमण गराइन्छ । कलेजमा खेलकुदका लागि ४ वटा बास्केटबल कोर्टदेखि फुटसलको व्यवस्था छ । जसको विद्यार्थीले आफ्नो समयअनुसार उपयोग गर्न सक्छन् । 

    म्यानेजमेन्ट कस्तो विषय हो ? 

    म्यानेजमेन्ट आजको अपरिहार्य विषय हो । किनकि यसको कुनै सीमा वा दायरा भन्ने हुँदैन । आफूदेखि समाज, संस्था र राष्ट्रलाई अघि बढाउन म्यानेजमेन्टको आवश्यकता छ । जुन सोचको बिचारोपण यही म्यानेजमेन्ट विषयबाट नै हुन्छ । त्यसैले यो एउटा गहकिलो तथा मल्टिडिसिप्लेनरी पनि हो । 

    उद्यमशीलता र व्यवसायको सञ्चालनका लागि म्यानेजमेन्टका विद्यार्थी आवश्यक छ । म्यानेजमेन्ट भन्नाले फाइनान्सियल म्यानेजमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र मार्केटिङ म्यानेजमेन्टजस्ता विषयमात्रै हुन् भन्ने बुझाई छ । तर प्रोजेक्ट म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट, लजिस्टिक म्यानेजमेन्ट, टेक्नोलोजी म्यानेजमेन्ट, सोसिएल म्यानेजमेन्टजस्ता कुरा पनि यसैभित्र पर्छन् । यसैबाट सफल उद्यमी तथा कुशल व्यवस्थापक जन्मिन सक्छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट