भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता, १० जना घाइते
भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता, १० जना घाइते
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई जना कामदार पुरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईका अनुसार आयोजनाको बाँधतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा दुई जना कामदार पुरिएका हुन् । उनीहरूको खोजी भइरहेको छ ।
यस्तै ढकाल खस्दा घाइते भएका १० जनालाई प्राथमिक उपचारपछि बाह्रबीसे अस्पताल पठाइएको छ । भोटेकोशी क्षेत्रमा अहिले ठूलो पानी परिरहेको छ ।