images

Oct 05 2024 | २०८१, असोज १९ गते

केपी ओलीको निवासमा खटिएका इन्सपेक्टरको रहस्यमय मृत्यु

केपी ओलीको निवासमा खटिएका इन्सपेक्टरको रहस्यमय मृत्यु

एभरेष्ट हेडलाइन्स
शनिबार, असार २२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, असार २२ २०८१
  • केपी ओलीको निवासमा खटिएका इन्सपेक्टरको रहस्यमय मृत्यु

    काठमाडौँ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको ज्यान गएको छ ।

    images
    images
    images

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको नीजि निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिएका थिए । 

    सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    परिसरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको हो । थप अनुसन्धान भइरहेको र शव पोष्टमाटर्मको लागि टिचिङ अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट