images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

प्रतिनिधि सभाको बैठक जारी (लाइभ)

प्रतिनिधि सभाको बैठक जारी (लाइभ)

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • प्रतिनिधि सभाको बैठक जारी (लाइभ)

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुनेछन्। संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्।

    images
    images
    images

    त्यस्तै, प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन्।

    सचिवालयका अनुसार आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेश गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन आ.व.२०७९/०८० पेश गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार