images

Oct 06 2024 | २०८१, असोज २० गते

एट्लान्टिक इन्टरनेसनल कलेजमा एमबीए र एमबीए फाइनान्सको पढाइ सुरु 

एट्लान्टिक इन्टरनेसनल कलेजमा एमबीए र एमबीए फाइनान्सको पढाइ सुरु 

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • एट्लान्टिक इन्टरनेसनल कलेजमा एमबीए र एमबीए फाइनान्सको पढाइ सुरु 

    एट्लान्टिक इन्टरनेसनल कलेजले एमबीए र एमबीए फाइनान्स संकायका कक्षा सुरु गरेको छ । गत शुक्रबार काठमाडौंको मल्ल होटलमा आयोजित एक कार्यक्रमका बीच कलेजले नयाँ शैक्षिक कार्यक्रम सुरु गरिएको बताएको हो ।  

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. प्रेमराज पन्तले कलेजमा नयाँ शैक्षिक कार्यक्रम सुरु गरेसँगै अवसर र चुनौती दुवै थपिएको बताए । साथै, यसले विदेश पलायन रोक्न र तीव्र प्रतिस्पर्धाको सामना गर्न कलेज सफल हुने विश्वास व्यक्त गरे ।  कार्यक्रममा एट्लान्टिक इन्टरनेसनल कलेजका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठले लामो यात्राबीच कलेजले गुणस्तरीय शिक्षासँगै दक्ष जनशक्ति उत्पादन गरेको र नयाँ शैक्षिक कार्यक्रमलाई पनि उत्तिकै सफल बनाउने बताए ।

    त्यस्तै, कलेजका प्रिन्सिपल इन्जिनियर शंकर नाथ अधिकारीले समयको आवश्यकता महसुस गरेर एमबीए र एमबीए फाइनान्स कार्यक्रम ल्याएको बताए ।  एट्लान्टिक इन्टरनेसनल कलेजले एमबीए र एमबीए फाइनान्स संकायका कक्षा सुरु गरेको छ । गत शुक्रबार काठमाडौंको मल्ल होटलमा आयोजित एक कार्यक्रमका बीच कलेजले नयाँ शैक्षिक कार्यक्रम सुरु गरिएको बताएको हो ।  

    कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. प्रेमराज पन्तले कलेजमा नयाँ शैक्षिक कार्यक्रम सुरु गरेसँगै अवसर र चुनौती दुवै थपिएको बताए । साथै, यसले विदेश पलायन रोक्न र तीव्र प्रतिस्पर्धाको सामना गर्न कलेज सफल हुने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा एट्लान्टिक इन्टरनेसनल कलेजका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठले लामो यात्राबीच कलेजले गुणस्तरीय शिक्षासँगै दक्ष जनशक्ति उत्पादन गरेको र नयाँ शैक्षिक कार्यक्रमलाई पनि उत्तिकै सफल बनाउने बताए ।

    त्यस्तै, कलेजका प्रिन्सिपल इन्जिनियर शंकर नाथ अधिकारीले समयको आवश्यकता महसुस गरेर एमबीए र एमबीए फाइनान्स कार्यक्रम ल्याएको बताए । 

    बीबीए र बीबीए बैंकिङ विषयहरूको चारवर्षे कार्यक्रम सञ्चालन गर्दै आएको एट्लान्टिक इटरनेसनल कलेजले हालसम्म बैंकिङ तथा इन्स्योरेन्स क्षेत्रमा ३ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको समेत अधिकारीले बताए ।  

    सन् २००९ मा स्थापना भएको एट्लान्टिक इन्टरनेसनल कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर अध्यापन गराइरहेको छ । कलेजमा अध्ययन गरेका धेरै विद्यार्थीहरू अहिले विभिन्न निकायको उच्च तहमा पुगेको कलेजको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार