images

Oct 06 2024 | २०८१, असोज २० गते

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् । आइतबार संसदबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले काँग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे । 

    images
    images
    images

    उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिले भनेर प्रश्न गर्न खोजेको बताए। उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए। 

    उनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताए।

    उनले एमाले काँग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खोजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताए। उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइल खोल्न सुरु गर्दा एमाले–काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए। उनले सरकारले तत्काल कुनै पनि अनैतिक काम नगर्ने बताए।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार