images

Oct 06 2024 | २०८१, असोज २० गते

महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए 

महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
  • महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए 

    धनगढी । महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव दुई लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका हुन् । उनकाअनुसार शनिबार आधार भन्दा बढी ढोका खोलिएकोमा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् । महाकाली नदीका नेपाल तर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बाढी बस्तीतिर पसेको थियो तर अहिले बहाव घट्दो क्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ ।

    यसैबीच जगबुढा नदी थुनिएपछि दोधाराचाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । नदी थुनिदा भंगालोमा फसेका ४० परिवारका एक सय जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार