images

Oct 06 2024 | २०८१, असोज २० गते

कांग्रेस एमालेलाई रास्वपा सांसद झाको सुझाव : एक अर्कालाई विश्वास गर्नुस् 

कांग्रेस एमालेलाई रास्वपा सांसद झाको सुझाव : एक अर्कालाई विश्वास गर्नुस् 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
  • कांग्रेस एमालेलाई रास्वपा सांसद झाको सुझाव : एक अर्कालाई विश्वास गर्नुस् 

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेस र नेकपा(एमाले) का नेताहरूलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर कांग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताए ।

    images
    images
    images

    उनले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भए पनि कांग्रेस–एमाले डराएका बताए । उनले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह  गरे ।

    उनले भने– ‘संसदीय प्रणाली र संविधान बनाउने दलहरूकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास रु किन यो प्रणालीले र संविधानले काम नगर्ला र फेरि ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ रु तपाइँहरुकै संख्या छ । तपाइँहरुकै बहुमत हुने सम्भावना छ भने ४ दिन कुर्नुस् न । एक अर्कालाई विश्वास गर्नुस् न । सहकर्म र सहयात्राको गाथा गाउनुहुन्छ भने विश्वास पनि गर्नुस् । किन ४ दिनको लागि डराउनुहुन्छ रु तपाईँहरूले नै बनाएको संविधान र संसदीय प्रणालीमा लेखिएकै कुरा अभ्यास गरिँदैछ ।’

    उनले व्यापारीको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरुका पार्टीका सांसदले आफूहरूलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार