Sep 08 2024 | २०८१, भदौ २३ गते

मुकुलबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

मुकुलबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
  • मुकुलबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।मङ्गलबार बिहान ८ बजे पार्टी मुख्यालय, चस्मती वनस्थलीमा बस्नेगरी केन्द्रीय समिति बैठक आह्वान गरिएको कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    images
    images

    बुर्लाकोटीका अनुसार बैठकमा एक हप्ताका लागि निलम्बनमा परेका पार्टीका महामन्त्री डा. मुकुल ढकालबारे छलफल हुनेछ । ढकालबारे थप सिफारिस गर्न पार्टीले अनुशासन आयोगलाई निर्देशन दिएको छ । त्यसअनुरूप आयोगले आइतबार नै प्रतिवेदन बुझाइसकेको छ । “त्यस प्रतिवेदनमाथि छलफल गर्छौँ मुख्य रूपमा । त्यसबाहेक अरु विषयहरू पनि छन्,” बुर्लाकोटीले भने ।

    रास्वपाले समीक्षा प्रतिवेदनका नाममा पार्टी र पार्टी(नेतृत्वका प्रति विभिन्न आरोपहरू लगाएको बताएको छ । ढकालले यसअघि एक महिना ३८ जिल्ला पुगेर एक समीक्षा प्रतिवदेन तयार गरेका थिए, जहाँ मूलतस् पार्टी नेतृत्व (सभापति रवि लामिछाने) प्रति विभिन्न टिप्पणीहरू गरिएका छन् ।

    उक्त प्रतिवदेनमाथि छलफल गरेपछि यसअघि रास्वपा केन्द्रीय समितिले ढकाललाई एक हप्ताका लागि कारबाही गर्ने निर्णय गरेको थियो । अब उनलाई थप कारबाही हुन्छ कि पुनस् पदस्थापन गर्छ, त्यो आयोगको प्रतिवेदनमाथि छलफल भएपछि टुङ्गो लाग्ने नेताहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट