Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौँ : योगेश भट्टराई

माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौँ : योगेश भट्टराई

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
  • माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौँ : योगेश भट्टराई

    काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रलाई समेत साथमा लिएर आवश्यकताअनुसार संविधान संशोधन गरिने बताएका छन् ।

    images
    images
    images

    सोमबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले कांग्रेस–एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायत दललाई साथमा लिएर अघि बढ्ने बताए ।

    आफूहरू संविधान संशोधन दुईतिहाइ नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर पनि उनले गरे । संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस–एमाले एकै ठाउँमा आएको तर्क उनले गरे ।

    अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर उनको छ । भट्टराईले सरकार गुमेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रोशित रहेकाले कांग्रेस र एमालेले सम्झाइरहेको पनि बताएका छन्।

    भट्टराईले प्रचण्डलाई माओवादीको संख्याका आधारमा नभई व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको बताए ।

    राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने दाबी पनि उनले गरे । कांग्रेस–एमालेको बाटोमा सबै दलहरू हिँड्न सके शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधानलाई गतिशील बनाउने र मुलुकलाई सही दिशा दिने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट