Sep 08 2024 | २०८१, भदौ २३ गते

पार्टीले पदबाट हटाएपछि मुकुल ढकाल भन्छन् - रवि लामिछाने क्लबबाट निष्कासित भएँ

पार्टीले पदबाट हटाएपछि मुकुल ढकाल भन्छन् - रवि लामिछाने क्लबबाट निष्कासित भएँ

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
  • पार्टीले पदबाट हटाएपछि मुकुल ढकाल भन्छन् - रवि लामिछाने क्लबबाट निष्कासित भएँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सबै पदबाट हटाइएका मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् ।

    images
    images

    पार्टीले आफूलाई महामन्त्री र प्रवक्ता पदबाट हटाएपछि ढकालले यस्तो बताएका हुन् । ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि .. उनले सामाजिक सञ्जालमा लेखेका छन् । मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई कारबाही गरेको हो ।

    अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हित विपरित काम गरेकोमा पार्टी अनुशासन विभागले गरेको सिफारिस बमोजिम कारबाहीको निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट