Sep 08 2024 | २०८१, भदौ २३ गते

देशका समस्या सम्बोधन गर्न कांग्रेस–एमाले एक भयौँ : प्रकाशशरण महत

देशका समस्या सम्बोधन गर्न कांग्रेस–एमाले एक भयौँ : प्रकाशशरण महत

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
  • देशका समस्या सम्बोधन गर्न कांग्रेस–एमाले एक भयौँ : प्रकाशशरण महत

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

    images
    images

    उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले काँग्रेस एमाले मिल्नुपरेको बताए । उनले वर्तमान सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको बताए ।

    उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । उनले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरु एक भएका बताए ।

    उनले भने, ‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ । बाँकी समयलाई स्थिरतातर्फ लैजान, संविधानमा रहेका समस्या, खासगरी निर्वाचन पद्धति, समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न सकिन्छ । त्यसले अस्थिरताका बिन्दुलाई कम गर्न सकिन्छ भनेर हामी एक ठाउँमा आएका हौँ । हाम्रो देशमा सबैलाई जिम्मेवारी दिउँ भन्ने मानसिकता छ ।’

    ‘यद्यपि त्यसमा अनुभव र क्षमतालाई पनि त्यत्तिकै महत्व दिनुपर्छ । सबैकुरालाई ध्यानमा राखेर सभापतिज्युले निर्णय लिनेछ । विकास निर्माणमा जुन अस्थिरता आएको छ, समयमा सम्पन्न नहुने जस्ता समस्या छन्, त्यो समस्या नहोस् र जनताले देख्ने गरी काम गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो भनाइ छ । दुवै दलले छलफल गरेर सहमति बन्छ । सबैलाई मान्य हुने निस्कर्षमा हामी पुग्नेछौँ । असारमै सबै भन्ने होइन । काम पहिल्यै भइसकेको हुन्छ, तर त्यसको बिल जुटेर सम्बन्धित मन्त्रालयबाट अर्थ मन्त्रालयमा आइपुग्दा अन्तिम समयमा हुने प्रचलन छ ।’

    उनले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँड हुने बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार