विश्वासको मतबारे छलफल गर्न माओवादीले बाेलायो संसदीय दलको बैठक
विश्वासको मतबारे छलफल गर्न माओवादीले बाेलायो संसदीय दलको बैठक
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे दलको कार्यालयमा बस्ने छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सी शुक्रबार लिने विश्वासको मतका विषयमा छलफल गर्ने कार्यसूची नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिन लागेका हुन् । कांग्रेस र एमालेले भने नयाँ सरकार गठनको तयारी गरिरहेका छन् ।
परिवर्तित राजनीतिक अवस्था, प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत रसमग्र राजनीतिक परिस्थितिका विषयमा जानकारी गराउन प्रचण्डले संसदीय दलको बैठक बोलाएका हुन् ।