Sep 08 2024 | २०८१, भदौ २३ गते

मुकुल ढकालले आज आफ्नो कुरा राख्न पत्रकार सम्मेलन गर्दै 

मुकुल ढकालले आज आफ्नो कुरा राख्न पत्रकार सम्मेलन गर्दै 

एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
  • मुकुल ढकालले आज आफ्नो कुरा राख्न पत्रकार सम्मेलन गर्दै 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज आफ्नो कुरा राख्ने भन्दै सञ्चारकर्मीलाई बोलाएका छन् । पत्रकार सम्मेलन नै नभने पनि उनले आफ्ना कुरा राख्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा मिडियाकर्मीलाई बोलाएका हुन् ।

    images
    images

    पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्कासित गरेको थियो । त्यसपछि उनले आफू रविको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । आज उनले पार्टीले आफूलाई गरेको कारबाहीबारे बोल्ने बताएका छन् ।

    समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुअघि यसका अंश सार्वजनिक गर्नुका साथै पार्टी अनुशासन उल्लंघन गर्दै अभिव्यक्ति दिएकोमा उनी कारबाहीमा परेका हुन् । यद्यपि पार्टीको निर्णयमा उनलाई ३५ दिनभित्र पुनरावलोकनका लागि समय दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार