Sep 08 2024 | २०८१, भदौ २३ गते

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु

एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
  • एमालेको सचिवालय बैठक सुरु

    काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । 

    images
    images

    बैठकमा समसामयिक राजनीति, अब बन्ने सरकारमा जाने मन्त्री, केन्द्रीय नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने बताइएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिँदै छन् ।

    उनले मत पाउने सम्भावना देखिँदैन । सरकार ढलेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने समझदारी नेपाली कांग्रेससँग भइसकेको छ । सोहीअनुसार आजको बैठकमा सरकारमा जाने मन्त्रीहरूका विषयमा छलफल गर्ने तयारी छ ।

    त्यस्तै, बैठकमा केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरिएको छ । एमालेले फरक भूगोलको जिम्मेवारी हटाएर घर पाइक जिम्मेवारी दिने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट