Feb 17 2025 | २०८१, फागुन ५ गते

images
images

रास्वपालक्षित विश्वप्रकाशको व्यङ्ग्य – सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

रास्वपालक्षित विश्वप्रकाशको व्यङ्ग्य – सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
  • रास्वपालक्षित विश्वप्रकाशको व्यङ्ग्य – सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई व्यङ्य गरेका छन्।

    images
    images
    images

    रास्वपाका महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरिएकोबारे कटाक्ष गर्दै उनले प्रश्न र आलोचनालाई सहजै ग्रहण गर्ने बताएका छन्।  ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ। यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु पर्दै,’ उनले सामाजिक संञ्जालमार्फत भनेका छन् ।

    पार्टी नेतृत्वको आलोचना गर्दै समीक्षा प्रतिवेदन तयार गरेको आधारमा रास्वपाले महामन्त्री मुकुल ढकाललाई पदीय जिम्मेवारीबाट हटाएको थियो । सोहीतर्फ लक्षित गर्दै शर्माले प्रश्न, आलोचना र विरोध सहज ग्रहण गर्नुपर्ने बताए । ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म कांग्रेस जीवन्त छ र रहिरहनेछ, रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी ’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट