Sep 08 2024 | २०८१, भदौ २३ गते

संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली 

संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली 

एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
  • संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली 

    काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् ।

    images
    images

    बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताएका हुन् । 

    अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको उनको भनाइ छ । साथै, उनले निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको पनि जानकारी दिए । आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्नेकुरा नभएकोसमेत उनले बताए ।

    अध्यक्ष ओलीले राष्ट्रिय हितहरूको रक्षा संवद्र्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गरे ।

    एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्नेकुरा भ्रम फैल्याउनका लागि बोलिएको उनी बताउँछन् ।

    साथै, प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको उनले बताए ।

    विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरू मिलेको ओलीको दाबी छ ।

    र, संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने उनले चेतावनी दिए ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट