Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने

नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
  • नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले जानकारी दिए

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने पार्टीले आफ्ना सांसदलाई सरकारको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । 

    वर्तमान सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाललगायत केही दल सरकारबाट बाहिरिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले आज संसद्बाट विश्वासको मत लिने कार्यतालिका छ ।

    वामपन्थी शक्तिको एकतालाई जोड दिएर समाजवादी मोर्चामा आबद्ध सो पार्टीको  प्रतिनिधिसभामा १० सिट तथा राष्ट्रियसभामा आठ सिट छ । पार्टीको तर्फबाट वर्तमान मन्त्रिपरिषद्मा दुई मन्त्री तथा सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट