Sep 08 2024 | २०८१, भदौ २३ गते

संसद्‌मा रविको प्रश्न - संविधान जोगाउने नाममा कसलाई जोगाउन सहमति भयो ?

संसद्‌मा रविको प्रश्न - संविधान जोगाउने नाममा कसलाई जोगाउन सहमति भयो ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
  • संसद्‌मा रविको प्रश्न - संविधान जोगाउने नाममा कसलाई जोगाउन सहमति भयो ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अनुसन्धान सुरु भएपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएको बताएका छन् ।

    images
    images

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै लामिछानले यस्तो बताएका हुन् । गृहमन्त्रीसमेत रहेका उनले भने, “जब अनुसन्धानको सुइँ कसैको ढोका ढक्ढक्याउन पुग्यो, त्यसपछि एकाएक संविधानको याद कसरी आयो ?” उनले संविधान जोगाउने नाममा कसैलाई जोगाउन संसद्का दुई ठूला दलबीच सहमति भएको आरोप लगाए । 

    उनले प्रश्न सोधे, “संविधान जोगाउने नाममा कसलाई जोगाउन सहमति भयो ?न देशलाई थाहा छ, न जनतालाई, न सहमतिकर्ता दलका सांसदहरूलाई नै ।” उनले कांग्रेस-एमालेबीच भएको भनिएको ‘राष्ट्रिय सहमति’ले राष्ट्रिय शब्दको मानमर्दन भएकोसमेत टिप्पणी गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट