Sep 08 2024 | २०८१, भदौ २३ गते

आज चौथो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै ओली, शपथ भोलि

आज चौथो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै ओली, शपथ भोलि

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
  • आज चौथो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै ओली, शपथ भोलि

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

    images
    images

    संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए।

    राष्ट्रपतिले आज साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन्। आज ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा शपथ ग्रहण कार्यक्रम राख्ने तयारी राष्ट्रपति कार्यालयको छ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेका हुन्।

    गत असार १७ गते मध्यराति कांग्रेससँग गरेको समझदारी अनुसार ‘आलोपालो सरकार चलाउने’ समझदारी भएको छ। जसअनुसार सुरुको कार्यकाल ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्नेगरी सहमति भएको नेताहरू बताउँछन्।

    ओली यससँगै चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन्। उनी यसअघि ओली पहिलोपटक २०७२ साल असोज २५ गते मुलुकको प्रधानमन्त्री बनेका थिए। त्यसपछि ओली २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट