images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

रविको चुनौती - अब त मलाई ठग प्रमाणित गर्न तपाईंहरूलाई कुनै आपत पर्दैन होला, गर्नुस् ठग प्रमाणित !

रविको चुनौती - अब त मलाई ठग प्रमाणित गर्न तपाईंहरूलाई कुनै आपत पर्दैन होला, गर्नुस् ठग प्रमाणित !

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
  • रविको चुनौती - अब त मलाई ठग प्रमाणित गर्न तपाईंहरूलाई कुनै आपत पर्दैन होला, गर्नुस् ठग प्रमाणित !

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई ठग प्रमाणित गरेर जेल हाल्न चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले जेल जाने सुरुवात पनि आफैँबाट गर्न आग्रह गरेका छन्।

    images
    images
    images

    ‘अब त मलाई ठग प्रमाणित गर्न तपाईंहरूलाई कुनै आपत पनि पर्दैन होला। गर्नुस् ठग प्रमाणित। यो देशमा कोही न कोही त जेल जानैपर्छ। सुरुवात म बाट गर्नुस् म तयार छु,’ लामिछानेले भने, ‘तर सत्यबाट विमुख हुनेवाला छैन। कोही न कोही त जेल जानैपर्छ। सुरुवात मबाटै गर्नुस्।’ उनले अहिलेको व्यवस्था जोगाउन ज्यान दिन तयार भएको पनि बताए।

    ‘मैले औपचारिक उद्घाटन गरेँ नेपालगञ्जमा एउटा जेल। भ्रष्टलाई जेल हाल्छु। सुशासनको एजेण्डा लिएर। यो व्यवस्था जोगाउनको निम्ति ज्यान दिन तयार छौँ यसलाई तलमाथि पार्न दिँदैनौँ,’ उनले भने, “आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ ।” 

    नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । 

    सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गरे । अनुसन्धान जारी रहेकाले सुनकाण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उनले जानकारी दिए । 

    “हामीलाई लागेको होला केके नै ग¥र्यौं तर हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन् । नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरु थप्दै सार्वजनिक गर्नुको के रहँदैन”, गृहमन्त्री लामिछानेले भने । सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव आमनागरिकमा पर्न नहुने भन्दै कानुनअनुसार काम गर्न मन्त्री परिवर्तनले केही फरक नपार्ने उनको भनाइ छ ।

    चार महिनामा धेरै काम गर्न नसकिएको बताउँदै केही आधार भने तयार भएको गृहमन्त्री लामिछानेले बताए। तयार भएको आधारलाई भत्किन नदिन सरोकार भएकालाई अनुरोध गर्दै उनले नयाँ मन्त्रीले पनि बनेका आधारलाई सकारात्मक रुपमा ग्रहण गर्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार