Sep 08 2024 | २०८१, भदौ २३ गते

देउवाले मागे मन्त्रीको सूची, संस्थापनइतरले ४ मन्त्रालयमा दाबी गर्ने 

देउवाले मागे मन्त्रीको सूची, संस्थापनइतरले ४ मन्त्रालयमा दाबी गर्ने 

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
  • देउवाले मागे मन्त्रीको सूची, संस्थापनइतरले ४ मन्त्रालयमा दाबी गर्ने 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा मन्त्री हुनेहरूको नाम मागेका छन् ।

    images
    images

    यसपछि शेखर कोइराला समूह छलफलमा जुटेको छ । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा अहिले छलफल जारी छ । कांग्रेस र एमालेले बराबर हैसियतमा सरकारमा सहभागिता हुने बताइरहेका छन् । सोहीअनुसार उनीहरूले ९/९ वटा मन्त्रालय लिएर अन्य पार्टीलाई पनि समेट्ने तयारी छ । कांग्रेसले पाउने ९ मन्त्रीमा कोइराला समूहले ४ वटा दाबी गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    बैठकमा कोइरालासहित उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, बलबहादुर केसीलगायत सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट