Sep 08 2024 | २०८१, भदौ २३ गते

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने केपी ओली

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने केपी ओली

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
  • कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

    images
    images

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आइतबार बेलुकी ५ बजेसम्म प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

    ओलीले शुक्रवार नै आफ्नो दल नेकपा एमालेसँगै नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

    प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले प्रधानमन्त्रीका रुपमा सोमबार शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट