images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

कांग्रेस संस्थापनबाट टुंगियो मन्त्रीहरूको नाम

कांग्रेस संस्थापनबाट टुंगियो मन्त्रीहरूको नाम

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
  • कांग्रेस संस्थापनबाट टुंगियो मन्त्रीहरूको नाम

    काठमाडौँ ।  नेपाली कांग्रेसको संस्थापनले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो समूहनिकट नेताहरूको नाम टुंगो लगाएका छन् । शेखर–गगन समूहबाट भने नाम टुंगिन बाँकी छ ।

    images
    images
    images

    कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् । यस्तै रमेश लेखक गृहमन्त्री र देउवापत्नी आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्दै छन् । देउवानिकट अजय चौरासिया कानुनमन्त्री बन्दै छन् भने ऐनबहादुर शाही वन र शशांक कोइरालानिकट दीपक खड्का ऊर्जामन्त्री बन्दै छन् ।

    शेखर–गगन समूहबाट तीन जना मन्त्री बन्नेछन् । तर उनीहरूको मन्त्रालय टुंगिएको छैन । शेखर–गगन समूहबाट जीवन परियार, हृदयराम थानी, रामनाथ अधिकारी र प्रदीप पौडेलमध्ये तीन जना मन्त्री बन्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार