images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

प्रधानमन्त्रीको शपथ लिन बालकोटबाट शीतलनिवास लागे ओली

प्रधानमन्त्रीको शपथ लिन बालकोटबाट शीतलनिवास लागे ओली

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
  • प्रधानमन्त्रीको शपथ लिन बालकोटबाट शीतलनिवास लागे ओली

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिन आफ्नो निवास बालकोटबाट राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गरेका छन्।

    images
    images
    images

    प्रधानमन्त्री ओलीको सवारीमा उच्च सुरक्षा तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति छ। बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ। सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई  पूर्णता दिने गर्ने तयारी भएको नेताहरूले बताएका छन्।

    ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन्। ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।

    माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ओली मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन्।राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

    नेपाली कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो। यही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन्।

    ओली पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री भएका थिए। संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले उनले १० महिना सरकार सञ्चालन गरे।

    २०७४ फागुन ३ गते उनी दोस्रोपटक प्रधानमन्त्री बने। त्यतिवेला उनले तीन वर्ष तीन महिना सरकार चलाए।वैशाख ३० गते तेस्रोपटक प्रधानमन्त्री बनेका ओली दुई महिना मात्र सत्तामा रहेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार