Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
  • प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

     संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । 

    images
    images

    रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । 

    राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट