Sep 08 2024 | २०८१, भदौ २३ गते

बन्यो नयाँ सरकारः प्रधानमन्त्री ओलीसहित २२ जनाले लिए शपथ 

बन्यो नयाँ सरकारः प्रधानमन्त्री ओलीसहित २२ जनाले लिए शपथ 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
  • बन्यो नयाँ सरकारः प्रधानमन्त्री ओलीसहित २२ जनाले लिए शपथ 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २२ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाए । त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले  दुई मुख्यमन्त्रीहरु प्रकाशमान सिंह र विष्णु पौडेलले शपथ लिएका छन् ।

    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीद्धयलाई शपथ दिलाएका हुन् ।  प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट शपथ खाएसँगै दुई उपप्रधानमन्त्रीलाई शपथ दिलाएका हुन् । प्रकाशमान नेपाली कांग्रेसको नेतृत्व गर्दै सरकारमा गएका छन् भने पौडेल एमालेबाट सरकारमा गएका हुन् । 

    त्यसपछि ओलीले १९ मन्त्रीहरुलाई शपथ दिलाए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो । 
       
    राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गरेका थिए । 

    प्रतिनिधि सभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।  
    मन्त्री बन्नेहरुको सूची : 
    १. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
    २. विष्णु पौडेल –  उपप्रधान तथा अर्थ
    ३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
    ४. रमेश लेखक – गृह
    ५. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
    ६. आरजू राणा देउवा – परराष्ट्र
    ७. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    ८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
    ९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
    १०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    ११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
    १२. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
    १३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
    १४. तेजुलाल चौधरी – युवा तथा खेलकुद
    १५. मानवीर राई – रक्षा
    १६. दीपक खड्का – ऊर्जा
    १७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
    १८. ऐनबहादुर शाही – वन तथा वातावरण
    १९. शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    २०. प्रदीप यादव – खानेपानी
    २१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट