Sep 08 2024 | २०८१, भदौ २३ गते

तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए - प्रचण्ड 

तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए - प्रचण्ड 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
  • तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए - प्रचण्ड 

    काठमाडौँ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झन्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर पाएको बताएका छन् ।

    images
    images

    उनले सोमबार सामाजिक सञ्जाल मार्फत सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सांसददेखि गैर आवासीय नेपालीहरूसम्मलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    उनले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकताको पक्षमा काम गरेको बताएका छन् ।

    उनले लेखेका छन्– ‘तेस्रो पटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो । मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसद्का माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टिम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक सङ्घसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैर आवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट