images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा पदभार ग्रहण, सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा पदभार ग्रहण, सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा पदभार ग्रहण, सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

    काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका मन्त्री पौडेलले मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै सबैको सल्लाह सुझाव लिएर स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताए ।  

    मन्त्री पौडेलले आफूले प्राप्त गरेको अवसरलाई नतिजामुखी बनाउन सबै ऊर्जा लगाउने प्रतिवद्धता जनाए ।

    स्वास्थ्यमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल आउने गरी काम अगाडि बढाइने पनि मन्त्री पौडेलले बताए । एक सातामा अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्ने पनि उनले जानकारी दिएका छन् ।

    तत्काल कोही कर्मचारीको सरुवा नहुने पनि मन्त्री पौडेलले बताए । देशभरका अस्पतालमा गरिने उपचारमा एकरुपता कायम गर्ने गरी काम गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृतको निर्णय पौडेलले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट