Sep 08 2024 | २०८१, भदौ २३ गते

आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा नयाँ गठबन्धन बनेको हो : ईश्वर पोखरेल

आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा नयाँ गठबन्धन बनेको हो : ईश्वर पोखरेल

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन ५ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन ५ २०८१
  • आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा नयाँ गठबन्धन बनेको हो : ईश्वर पोखरेल

    काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को साथ नलिने सर्तमा नयाँ समीकरण बनेको खुलासा गरेका छन् । 

    images
    images

    शुक्रबार कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई नबोक्ने सर्तमा कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको खुलासा गरेका हुन् ।  पोखरेलले राजनीति स्थायित्वका लागि कांग्रेस-एमाले सरकार बनेको बताए ।

    देशमा २० सिटे पनि प्रधानमन्त्री बन्ने अवस्था आएपछि जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गरेको उनको भनाइ थियो ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको वामपन्थी सरकार ढलेको उनले टिप्पणी गरे । प्रचण्डकै बेइमानीले वामपन्थी सरकार ढलेको उनको दाबी थियो ।  पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती रहेको बताए । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने धारणा राखे । 

    कार्यक्रममा एमाले केन्द्रीय सदस्य उमाशंकर अरगरियाले अब नेपालमा साना पार्टीको काम नभएको बताए । मधेशका पार्टी विगतदेखि नै पद लोलुपताले फुटेको उनले दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट